गुट–उपगुट होइन एकजुटको आवश्यकता: काँग्रेस नेता

राजविराज । नेपाली काँग्रेसका केन्द्रिय नेताहरुले आपसी मनमुटाव बिर्सेर जनताको घरदैलोमा पुगेर संगठनलाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन् ।

पार्टीको क्रियाशील सदस्यता नविकरणका सन्दर्भमा बिहीबार नेपाली काँग्रेस सप्तरी क्षेत्र नम्बर २ द्वारा आयोजित भेलालाई सम्बोधन गर्देै काँग्रेसका केन्द्रिय नेताहरुले यस्तो कुरामा जोड दिएका हुन ।

केन्द्रिय सदस्य रामपल्टन साहले बदलिएको वर्तमान परिस्थितिमा काँग्रेस पनि बदलिएर नयाँ ढंगले जनता माझ जान थालेको भन्दै यस कार्यमा सबै नेता कार्यकर्ताको एक जुटता र सहयोग अपरिहार्य भएको बताए ।

बिगतमा आपसी मतभेद तथा गुट–उपगुटमा पार्टीका कार्यकर्ता विभाजित हुँदा काँग्रेस कमजोर बनेको जिकिर गर्दै उनले अवपनि सुधार गर्न नसके भविष्यमा झनै कमजोर बन्ने बताए ।

पार्टीभित्र सुधार तथा संगठन सुदृढिकरण अभियान चलाईएपछि अहिले काँग्रेस प्रति पुनः जनताको आकर्षण बढदै गएको भन्दै उनले संस्थापन र संस्थापन इतर पक्षमा विभाजित नभई काँग्रेका नेता कार्यकर्ता एक जुट भई अघि बढ्नुको विकल्प नरहेको बताए । उनले क्रियाशील सदस्यता नविकरण तथा नयाँ सदस्यता वितरण कार्य वडा, नगर, प्रदेशसभा क्षेत्र, क्षेत्रिय समिति र जिल्ला कार्यसमिति मार्फत तोकिएकै समयसिमा (साउन १५) भित्र प्रदेश समितिमा पठाउन निर्देशन पनि दिए ।

अर्का केन्द्रिय सदस्य दिनेश कुमार यादवले काँग्रेसको सांगठनिक संरचनालाई अझै सुदृढ बनाउन आपसी एकता आवश्यक रहेको भन्दै अव एकजुट भई अघि बढनुपर्नेमा जोड दिए ।

पुरानो सदस्यता नविकरण तथा आवश्यकताका आधारमा पारदर्शी ढंगले नयाँ क्रियाशील सदस्यता वितरण हुने भन्दै उनले यस अभियानलाई व्यवस्थित बनाउन पार्टीका सबै जिम्मेवार व्यक्तिहरुले इमान्दारिता देखाउनुपर्ने आवश्यकता औल्याए ।

क्षेत्रिय सभापति महानन्द यादवले काँग्रेसका नेता कार्यकर्ता गुट–उपगुटमा विभाजित हुँदा पार्टीले मात्र नभई देशले पनि ठूलो क्षति व्यहोर्नु परेको भन्दै विगतबाट पाठ सिक्दै एकताबद्ध भई अघि बढनु नै सबैको हितमा हुने बताए ।

भेलामा नवप्रवेशी राजविराज नगरपालिकाका पुर्व मेयर शैलेश चौधरी, काँग्रेस नेता महेन्द्र यादव, ध्रुव देव, अर्जुन साह, अमिरनारायण झा, अनिल यादव, प्रभात ललन, समिर झा, अनिल देव, भुपेन्द्र यादव लगायतले पनि काँग्रेसलाई बलियो बनाउन गरिनुपर्ने क्रियाकलापहरु’bout आ–आफ्नो सुझाव राखेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 25 times, 1 visits today)

epaper

ताजा समाचार

नेपाल वैदेशिक रोजगार व्यवसायिक संघको भेला सम्पन्न