धनुषासँग जोडिएका सीमा नाकाबाट नेपाल प्रवेश गर्न अब परिचयपत्र अनिवार्य

जनकपुर । धनुषासँग जोडिएका सीमा नाकाबाट नेपाल प्रवेश गर्न अब परिचयपत्र अनिवार्य गरिएको छ । आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले सबैका लागि यो व्यवस्था अनिवार्य गरेको हो ।

बैठकले सीमा नाकाबाट प्रवेश गर्ने सबै व्यक्तिको पहिचान खुल्ने परिचयपत्रका आधारमा सुरक्षा निकायले अभिलेख राख्दै प्रवेश गराउने निर्णय गरेको जनाइएको छ ।

उता, केही दिनदेखि धनुषामा जारी गरिएको निषेधाज्ञा पनि सोमबार बिहान ५ बजेदेखि हटाइने भएको छ । सरकार र आन्दोलनरत हिन्दुवादी संघ–संस्थाबीच सहमति भएसँगै आन्दोलनका कार्यक्रम फिर्ता लिने प्रतिबद्धता जनाइएकाले निषेधाज्ञा हटाउने निर्णय गरिएको जिल्ला प्रशासनले जनाएको छ ।

सुनसरीको कप्तानगञ्जमा भएको घटनापछि मधेश प्रदेशका विभिन्न जिल्लामा आन्दोलन चर्किँदा सुरक्षा अवस्था तनावपूर्ण बनेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 68 times, 1 visits today)

epaper

ताजा समाचार

थलाराको शिक्षामा डिजिटल क्रान्ति