नाम्सी नयाँ पुलमा ढुंगा खस्दा यातायात एकतर्फी अवरुद्ध

काठमाडौं । मुग्लिन-नारायणगढ सडकअन्तर्गत नाम्सी नयाँ पुलमा ढुंगा खस्दा यातायात एकतर्फी अवरुद्ध भएको छ।

सडक डिभिजन भरतपुरले आज (सोमबार) बिहान ७:४० बजे दिएको जानकारीअनुसार हाल पुरानो पुलबाट सवारी आवागमन भइरहेको छ। पहिरो हटाउन डिभिजनका उपकरण परिचालन गरिसकिएको छ। सडक दुईतर्फी खुलाउन १-२ घण्टा लाग्ने अनुमान गरिएको छ ।

सडक डिभिजन भरतपुरले अगाडि भनेको छ, ‘सुरक्षाको दृष्टिकोणले पुरानो पुलबाट मात्रै एकतर्फी सुरक्षित यात्रा गर्नुहुन अनुरोध गरिन्छ।’

तपाइको प्रतिक्रिया
(Visited 24 times, 1 visits today)

epaper

ताजा समाचार

सुनसरीका २ पालिकामा आज पनि निषेधाज्ञा जारी