काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मानव तस्करीको सञ्जाललाई सघाएको आरोपमा सोमबार दिउँसो उनलाई पक्राउ गरेको हो ।
उनीविरुद्ध राहदानी ऐनअन्तर्गत काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । शाखा अधिकृत हुँदा तिब्बती शरणार्थीहरूलाई गैरकानुनीरूपमा यात्रा अनुमति पत्र जारी गरेको आरोप उनीमाथि छ ।
नेपालमा रहेका शरणार्थी विदेश भ्रमणमा जान गृह मन्त्रालयको सिफारिससहित निवेदन दिए यात्रा अनुमतिपत्र जारी गर्नसक्ने प्रावधान छ । तर भट्टराईले भारतीय क्याम्पमा रहेका शरणार्थीलाई फर्जी कागजातका आधारमा अनुमतिपत्र जारी गरेको पाइएपछि उनीविरुद्ध मुद्दा चलेको थियो ।
पक्राउ परेका भट्टराईलाई अदालतमा बुझाउने तयारी प्रहरीले गरेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 123 times, 1 visits today)
सम्बन्धित समाचार
अल्पमतका मुख्यमन्त्री शाहका निर्णायक २७ दिन
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो
कीर्तिपुरमा गुडिरहेको कारमा आगलागी, गाडीभित्रै डढेर चालकको मृत्यु
अनधिकृतरूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी
सवारी रोकेर तुइन खोलाको ढिस्को हटाइँदै
सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र मेकानिकल अधिकृत ८ लाख २१ हजार रुपैयाँ घुससहित पक्राउ
गरिबी घटाउने लघुवित्त नै गरिबका ‘शत्रु’






