काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सोमबार २४ औँ बोद्ले स्मृति दिवस कार्यक्रममा सहभागी हुन पुगे ।
अन्य कम्युनिस्ट पार्टीका नेताहरू पनि सहभागी उक्त कार्यक्रममा पुगेका प्रचण्डलाई पत्रकारले घेरा हाले । काठमाडौंको एक पार्टी प्यालेसमा आयोजित कार्यक्रममा केही पत्रकारमध्ये एकजनाले चर्को स्वरमा प्रचण्डलाई प्रश्न गर्न थाले ।
‘प्रचण्डजी सुन्नुस्न यो जहिले पनि एमाले, कांग्रेस, माओवादी‘ केही बेर अल्मलिँदै , एमाले, कांग्रेस, माओवादीमा जानु हुन्छ जहिले पनि, तपाईं कहिले स्थिर हुनुहुन्छ ?’
सम्भवत ती पत्रकारको यो प्रश्नले प्रचण्डलाई रिस उठेको हुनसक्छ । त्यसपछि उनी अनुहारो भाव विगार्दै पछाडि फर्किएर जवाफ दिन्छन्, ‘मरेपछि’। त्यसपछि प्रश्न सोध्ने पत्रकार गलल्ल हाँस्न थाल्छन् ।
सोमबार नेकपाले काठमाडौंमा गरेको विचार गोष्ठी तथा सम्मान कार्यक्रमका प्रमण्ड, सहसंयोजक माधवकुमार नेपाल र नेकपा एमालेका महासचिव शंकर पोखरेलसहित सहभागी छन् ।
दोलखाको काटाकुटीस्थित बोद्ले गाउँमा जनयुद्धको समयमा सेनाबाट मारिएका १५ जनाको सम्झना र सम्मानमा प्रत्येक वर्ष साउन १८ गते यो दिवस मनाइन्छ ।
सम्बन्धित समाचार
मन्त्रालय घटेसँगै दरबन्दी व्यवस्थापनमा जोड
अन्यौलमा ओली–प्रचण्ड सत्ता सहमति
थप हिंसा फैलिन नदिन प्रभावकारी भूमिका खेल्ने प्रधानमन्त्रीसमक्ष सांसदको प्रतिबद्धता
सुशासनलाई सुदृढ बनाउन अग्रजहरूको आदर्शलाई आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
आज केही स्थानमा भारी वर्षाको सम्भावना
कर्णालीमा मंगलबहादुर शाही बन्दैछन् मुख्यमन्त्री
‘गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
पीआर लिएका दुई नापी अधिकृतलाई कारबाही सिफारिस






