सरकारले आगामी १५–२० वर्षका लागि बलियो ’जग’ खन्ने काम गरिरहेको छ : लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकारले आगामी १५–२० वर्षका लागि बलियो ’जग’ खन्ने काम गरिरहेको बताएका छन्

अन्तरराष्ट्रिय युवा दिवसका अवसरमा रास्वपाले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभापति लामिछानेले चार महिनाको अवधिमा सरकारले तत्काल देखिने काम नगरेको जस्तो लागे पनि आगामी १५–२० वर्षका लागि बलियो ’जग’ खन्ने काम भइरहेको बताएका हुन् ।

उनले संसदमा युवाहरूको उल्लेख्य उपस्थिति र ३५–३६ वर्षको उमेरमै युवा प्रधानमन्त्री हुनु नेपालका लागि ठूलो ऐतिहासिक उपलब्धि भएको धारणा राखे । रास्वपा ’विकल्प खोज्ने’ नभई आफैँ ’विकल्प बन्ने’ र ’निर्विकल्प शक्ति’ बन्ने उद्देश्यका साथ अघि बढेको उनको भनाइ छ ।

त्यस्तै उनले युवा सांसद र मन्त्रीहरूका लागि पदमा रमाउने समय नभई नतिजा र परिणाममुखी भएर काम गर्ने समय रहेको उल्लेख गरे । युवा नेतृत्वले सफलता हासिल गर्न नसके वा जिम्मेवारीबाट पन्छिए भविष्यमा ‘अनुभवहीन युवाहरूबाट राजनीति सम्भव छैन’ भन्ने नकारात्मक भाष्य बन्न सक्ने भएकाले गम्भीर बन्न उनले आग्रह गरे ।

तपाइको प्रतिक्रिया
(Visited 33 times, 1 visits today)

epaper

ताजा समाचार

दीपक भट्ट र अग्रवाललाई थुनामा पठाउन आदेश