काभ्रेपलाञ्चोक। खानीखोला गाउँपालिका–१ स्याउथलीमा आज मध्याह्न भएको जीप दुर्घटनामा मृत्यु भएका दुई जनाको पहिचान खुलेको छ ।
मृत्यु हुनेमा खानीखोला –२ को २४ बर्षिया अनिता मोक्तान र खानीखोला–४ को ६१ वर्षीय कलकबहादुर माझी रहेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए । दुर्घटनामा घाइते काभ्रे बनेपा नगरपालिका–१४ बस्ने २५ बर्षको राहुल तामाङ, खानीखोला–३ का २४ वर्षिय प्रदिप जर्गामगर, खानीखोला–५ का वर्ष नखुलेको बौद्धमान लामा, सिन्धुपाल्चोक चौतारा नगरका धनपति रावल र जीप चालक सिन्धुलीको सुनकोशी गाउँपालिकाका २८ बर्षका यसबहादुर तामाङलाई हेलिकप्टरबाट उपचारका लागि आज हेलिकप्टरबाट उद्धार गरी उपचारार्थ धुलिखेल अस्पताल ल्याइएकोे छ ।
पनौती–तालढुङ्गा भित्री सडकखण्डमा आज बिहान जीप सडकबाट अन्दाजी ३०० मिटर तल खसेर दुर्घटनामा भएको थियो ।
सूचना अधिकारी विष्टका अनुसार लामा र रावलको अवस्था गम्भीर रहेको छ । जीप खानीखोलाबाट बनेपातर्फ आइरहेको अवस्थामा दुर्घटनामा परेको जनाइएको छ । प्रहरीले जीपको ब्रेक–फेल भई दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ ।
सम्बन्धित समाचार
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सुरु
पूर्वराष्ट्रपति बसर अल असदलाई मृत्युदण्डको फैसला
घारखोला विद्युतगृहको पहिरोमा बेपत्ता सुरक्षागार्डको शव भेटियो
पर्सा राष्ट्रिय निकुञ्जमा ‘बाघ मित्र’ अभियान
किशोर श्रेष्ठ पक्राउ परेको घटनाप्रति महासंघको आपत्ति
भदौ ११ गते कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने
दुर्गम क्षेत्रमा नियमित खाद्यान्न आपूर्ति
ट्याक्टरमा काठ लोड गर्ने क्रममा एक युवकको मृत्यु






