काठमाडौं । सरकारले दुर्गम जिल्लाका विभिन्न ठाउँमा नियमित खाद्यान्न आपूर्ति गर्दै आइरहेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव उद्घाटन समारोहमा सो कुरा बताएकी हुन् ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले नागरिकको खाद्य अधिकार र खाद्य सम्प्रभुताको हकलाई सुनिश्चित गर्न दुर्गम क्षेत्रमा खाद्य उपलब्ध गराउँदै आइरहेको स्पष्ट पारिन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले कम्पनीले व्यवस्थापन क्षेत्रमा भएका कमीकमजोरीलाई सच्चाएर छिटो र छरितो ढङ्गले कार्यसम्पादन गर्नका लागि निर्देशन दिए ।
विश्व खाद्य कार्यक्रमका कन्ट्रि डाइरेक्टर रियाज लोदीले विश्व खाद्य कार्यक्रमले नेपालमा पोषणसम्बन्धी कार्यक्रम सरकारसँग साझेदारी गरेर गर्दै आइरहेको बताए ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका निमित्त कार्यकारी निर्देशक डिल्लीराज लम्सालले कम्पनीले पछिल्लो समय बहुआयामिक ढङ्गले सुधारको काम गर्दै आइरहेको दाबी गरे ।
सम्बन्धित समाचार
प्रधानमन्त्री शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै
विभिन्न पाँच समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा
धुलो टकटक्याएर फेरि उठ्नसक्छौँ, आरोप-प्रत्यारोप छोडौँ : नेपाल
ओली निवासमा जगन्नाथको गला अवरुद्ध मात्र भएको हो : बस्नेत
परराष्ट्र मन्त्रालयको भवन निर्माण आगामी वर्षदेखि सुरुवात गरिने
प्रधानमन्त्री शाह र सभामुख अर्यालबीच भेटवार्ता
युवालाई शिक्षा, रोजगारी र उद्यमसँग जोड्न ‘युथ इकोसिस्टम’ बन्दै
बागमतीमा जगन्नाथलाई हटाउन अविश्वासको प्रस्ताव दर्ता






