मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ स्थित बासुदेव खोलाले विद्यालयबाट घर फर्किँदै गरेका ४ जना विद्यार्थीलाई बगाएको छ। एक जनाको शव फेला परेको छ । कक्षा २ मा अध्ययनरत ८ बर्षिया रेश्मा स्याङतानको शव फेला परेको प्रहरीले जनाएको छ ।
निर्मल माध्यमिक विद्यालय हेटौंडा–१९ मा अध्ययनरत उनीहरू पढेर घर फर्किने क्रममा खोलाले बगाएको हो। बगाइएका सबै विद्यार्थी कक्षा ५ भन्दा कम तहमा अध्ययनरत रहेको बताइएको छ।
प्रहरीका अनुसार ११ बर्षिया सुमित्रा भुलुन र बिनिता भुलुनको खोजी जारी रहेको र १३ बर्षिया सिमा भुलुनको उद्वार गरिएको छ । उनीहरु सबै हेटौंडा १९ का स्थानीयवासी हुन् ।
तपाइको प्रतिक्रिया
(Visited 40 times, 1 visits today)
सम्बन्धित समाचार
बागमतीका मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो
बागमतीका मुख्यमन्त्री बानियाँद्वारा प्रदेश प्रमुख देवकोटा समक्ष राजीनामा पेस
रोमानियामा रेलको ठक्करबाट ज्यान गुमाएका दुई नेपालीको पहिचान खुल्यो
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
ओली र लेखकलाई पक्राउ गरेकोमा प्रधानमन्त्री र गृहमन्त्रीले माफी माग्नुपर्छः एमाले
शिक्षा मन्त्रालयको प्रगति सन्तोषजनक भएको दाबी, परिणाममुखी कार्यसम्पादनमा जोड
बागमती सरकार निर्माणमा सकस,साना तान्ने दाउमा ठूला दल, निर्णायक राप्रपा तटस्थ






