मकवानपुर । बागमती प्रदेशमा नेकपा एमालेका किरण थापालाई मुख्यमन्त्रीमा नियुक्तिको लागि दाबी पेस गरिएको छ ।
बुधबार नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राप्रपाका गरी ६३ जना प्रदेशसभा सदस्यको समर्थनमा थापालाई मुख्यमन्त्रीमा नियुक्तिको लागि दाबी पेस गरिएको हो । योसँगै थापाको नेतृत्वमा नयाँ सरकार गठन हुने निश्चित भएको हो ।
बहुमतसहित दाबी पेस गरेपछि प्रदेश प्रमुखले आजै थापालाई मुख्यमन्त्री नियुक्त गर्ने र त्यसलगत्तै शपथ गराउने तयारी गरिएको छ । थापासँगै नेकपाका तर्फबाट एक जनालाई मन्त्रीमा नियुक्ति र शपथ गराउने तयारी गरिएको बताइएको छ ।
सम्भवतः नेकपाबाट सरल सहयात्री पौडेल आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्ति हुनेछन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने तत्काल सरकारमा सहभागी नभई सरकार गठनका लागि समर्थन मात्र गरेको बताएको छ । राप्रपाले केही समयपछि सरकारमा सहभागी हुने गरी छलफल अघि बढाइएको बताइएको छ ।
बाँकी मन्त्रीहरूको नाम तथा मन्त्रालयको बाँडफाँट भने केही दिनभित्र टुंगो लाग्ने बताइएको छ ।
यसअघि एमाले बागमती प्रदेश संसदीय दलको बैठकले किरण थापालाई मुख्यमन्त्री बनाउने र संसदीय दलका नेता जगन्नाथ (जेएन) थपलियाविरुद्ध पेस गरिएको अविश्वास प्रस्ताव फिर्ता लिँदै उनलाई दलको नेतामै निरन्तरता दिने निर्णयसमेत गरेको थियो । एमालेले बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारलाई दिएको समर्थन गत ६ साउनमा फिर्ता लिएको थियो । अल्पमतमा परेका बानियाले १ भदौमा राजीनामा दिएपछि प्रदेश प्रमुखले ४ भदौ बिहीबारसम्मको समय तोकी मुख्यमन्त्रीमा दाबी पेस गर्न आव्हान गरेका थिए ।
सम्बन्धित समाचार
बागमतीका मुख्यमन्त्री बानियाँद्वारा प्रदेश प्रमुख देवकोटा समक्ष राजीनामा पेस
बागमतीका मुख्यमन्त्री बानियाँले ३ भदौभित्र विश्वासको मत लिने, पाउँलान् त ?
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै
बागमतीका मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो
मन्त्रिपरिषद् विस्तारमै अल्झिए कर्णालीका मुख्यमन्त्री शाही, २३ दिन बित्दा पनि सहमति हुन सकेन
सरकारले कप्तानगन्ज घटनापीडितलाई राहत प्रदान गर्ने
नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिदवारे छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेश






