मन्त्री फेर्ने कुनै तयारी’bout के भन्छन् रास्वापा सभापति लामिछाने ?

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले मन्त्री हेरफेरको कुनै सम्भावना नभएको बताएका छन्। संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै केही प्रश्न आउनु सामान्य भएको बताए।

उनले भने, ‘कुनै पनि मन्त्रालय, मन्त्री वा उहाँहरूले १०० वटा काम गर्दा १/२ वटा वा ४/५ वटा काममा प्रश्नहरू आउनु स्वाभाविक हो, त्यसलाई हामी अस्वाभाविक मान्दैनौँ। रास्वपाभित्र हामी आफैँ पनि प्रश्न गर्ने गर्दछौँ। मन्त्री फेर्ने कुनै तयारी छैन, कुनै छलफल छैन र त्यस्तो कुनै सम्भावना पनि छैन।’

उनले आजको बैठक संसदीय दलको औपचारिक नभएको बताए। उनले भने, ‘सभापतिले सांसदहरूसँग गर्ने आन्तरिक छलफल कार्यक्रम हो। दलको बैठक पछि बस्दै छ, त्यसमा दलको नेता आइहाल्नुहुन्छ, त्यसमा कुनै दुविधा छैन।’

आजको बैठकमा संसद्मा प्रस्तुत हुने’bout छलफल भएको बताए। उनले भने, ‘संसद्मा मर्यादित ढङ्गले प्रस्तुत हुने, संसद्मा उठ्ने विषयवस्तुहरू आम नागरिकको जीवनसँग जोडिएका विषयहरू हुने लगायतका विषयमा छलफल गरेर एउटा राम्रो बुझाइका साथ अगाडि जाने विषयमा आज छलफल भएको हो।’

तपाइको प्रतिक्रिया
(Visited 28 times, 1 visits today)

epaper

ताजा समाचार

ठमेल अब २४सै घण्टा सञ्चालन हुने, यस्ता छन् सर्त