‘वालेन’बाहेकलाई रास्वपाको अंकुश

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद तथा मन्त्रीका गतिविधिमाथि पार्टीको निगरानी र निर्देशन कडा बनाएको छ । संसद्मा सरकारकै मन्त्री र मन्त्रालयको कार्यशैलीमाथि सांसदहरूले प्रश्न उठाउन थालेपछि रास्वपाले पार्टीभित्रको असन्तुष्टि सदनबाट सार्वजनिक नगर्न सांसदहरूलाई निर्देशन दिएको हो ।

संसद्मा सरकारको आलोचना नगर्न सांसदलाई निर्देशन, मन्त्रीलाई पार्टीको डिजिटल निगरानी

बुधबार सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको बैठकले सांसदहरूलाई सरकारका कामकारबाही’bout सार्वजनिक रूपमा धारणा राख्दा संयमित र मर्यादित हुन निर्देशन दिएको छ । पार्टीका निर्णय, निर्देशन र गतिविधि’bout जानकारी गराउनसमेत सांसदहरूलाई भनिएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहको बचाउमा भने पार्टी सभापति रवि लामिछाने आफैं उत्रिएका छन् । संसदीय दलको बैठकमा प्रधानमन्त्री शाह उपस्थित नभए पनि लामिछानेले उनका पछिल्ला गतिविधि र सामाजिक सञ्जालमा व्यक्त धारणाको बचाउ गरेका हुन् ।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ’ भन्दै लेखेको स्टाटस विवादमा परेपछि लामिछानेले त्यसलाई राजनीतिक अभिव्यक्तिका रूपमा नबुझ्न आग्रह गरे । शाह सर्जक तथा कवि पनि भएकाले उनको साहित्यिक अभिव्यक्तिलाई राजनीतिक अर्थमा व्याख्या गर्न नहुने उनको भनाइ थियो ।

दुईतिहाइ बहुमतको सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्रीले ‘एक्लै लड्नुपर्छ’ भनेको विषयमा सामाजिक सञ्जालमा आलोचना भइरहेका बेला लामिछानेले प्रधानमन्त्री एक्लो नभएको दाबी गरे । ‘म यहीँ सँगै उभिएको छु, सिङ्गो पार्टी यहीँ सँगै छ । उहाँ कहाँ एक्लो हुनुहुन्छ ?’ बैठकपछि सञ्चारकर्मीसँग लामिछानेले भने ।

प्रधानमन्त्री शाहको सामाजिक सञ्जालमा व्यक्त धारणाको बचाउ गरेका लामिछानेले पार्टीका अन्य सांसदलाई भने सरकारका कमजोरी सदनमा उठाउँदा पार्टीको धारणा र निर्देशनलाई ध्यान दिन आग्रह गरेका छन् ।

मन्त्रीलाई ‘आरएसपी पल्स’ अनिवार्य
रास्वपाले मन्त्रीहरूको कामकारबाहीको विवरण पार्टीलाई नियमित रूपमा उपलब्ध गराउन ‘आरएसपी पल्स’ एप अनिवार्य गरेको छ ।

सभापति लामिछानेको निर्देशनमा रास्वपाका मन्त्रीले २४ घण्टाभित्र एप डाउनलोड गरी आफ्ना गतिविधि अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको सांसद बोधनारायण श्रेष्ठले बताए । ‘सांसद, पार्टी र जनताबीच पारदर्शिता र जवाफदेहिताको सहज एकरूपता कायम गर्न यो डिजिटल प्ल्याटफर्ममा अनिवार्य गतिविधि अपडेट गर्नुपर्ने व्यवस्था गरिएको हो,’ श्रेष्ठले भने ।

रास्वपाले यसअघि नै सांसदहरूको गतिविधि अद्यावधिक तथा समन्वयका लागि अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको थियो । सांसदहरूले पर्याप्त रूपमा गतिविधि अद्यावधिक नगरेपछि मन्त्रीहरूका लागि भने यसलाई अनिवार्य गरिएको पार्टी सचिवालयले जनाएको छ ।

एपमार्फत मन्त्रीहरूले संसद्मा बोल्ने विषय, सांसदहरूले उठाएका प्रश्न र त्यसको जवाफ, मन्त्रालयका गतिविधि, महत्वपूर्ण निर्णय, परिवर्तनकारी काम, भ्रमण तथा भेटघाटलगायत विवरण अद्यावधिक गर्नुपर्नेछ ।

मन्त्रीको गुनासोपछि सांसदलाई लगाम
पछिल्ला केही सातादेखि रास्वपा सांसदहरूले नै मन्त्रीहरूको कार्यशैलीमाथि संसद्मा प्रश्न उठाउँदै आएका थिए । जनस्तरमा सरकारका केही मन्त्रालयको कार्यसम्पादनप्रति नकारात्मक धारणा बढेको भन्दै सांसदहरूले सदनमै सरकारको आलोचना गर्न थालेपछि मन्त्रीहरूले पार्टी सभापति लामिछानेसमक्ष गुनासो गरेका थिए ।

मन्त्रीहरूको गुनासोपछि लामिछानेले संसदीय दलको बैठक बोलाएर सांसदहरूलाई संयमित हुन निर्देशन दिएको बैठकमा सहभागी एक सांसदले बताए ।

रास्वपाका सांसदहरूले पछिल्लो समय संसद्मा प्रतिपक्षी दलका सांसदभन्दा समेत चर्को स्वरमा सरकारको आलोचना गर्ने, सभामुखको निर्देशनको अवहेलना गर्ने र बैठक छाडेर हिँड्नेसम्मका गतिविधि गरेको विषयमा पनि बैठकमा छलफल भएको ती सांसदले बताए ।

पार्टीभित्रको विवाद र सरकारप्रतिको असन्तुष्टि सदनबाटै सार्वजनिक हुन थालेपछि त्यसलाई नियन्त्रण गर्ने रणनीतिका रूपमा संसदीय दलको बैठकबाट सांसदलाई निर्देशन दिइएको हो ।

ग्यासदेखि मलसम्ममा सभापतिको ‘समन्वय’
लामिछानेले सरकारका कमजोरी देखिएका विषयमा भने पार्टी सभापतिको तहबाट सम्बन्धित मन्त्रीसँग समन्वय गर्ने बताएका छन् ।

पछिल्लो समय देखिएको ग्यास अभाव’bout उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीसँग समन्वय गर्ने, मल अभावका विषयमा कृषिमन्त्रीसँग छलफल गर्ने तथा शान्तिसुरक्षासम्बन्धी घटनामा गृहमन्त्री र सम्बन्धित मन्त्रीसँग समन्वय गर्ने उनले बताएका छन् ।

संसद्मा सरकारको आलोचना गर्नुभन्दा पार्टी नेतृत्वमार्फत समस्या समाधानका लागि पहल गर्न सांसदहरूलाई निर्देशन दिइएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 131 times, 1 visits today)

epaper

ताजा समाचार

रघुगङ्गामा ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण