पोखरा । प्रधानमन्त्री बालेन्द्र शाह पोखरा हुँदै मुस्ताङ जाने भन्ने समाचार बाहिरिए पनि पोखरा कहाँ बस्ने’bout सुरुमा जानकारी थिएन । सर्वसाधारण अनभिज्ञ थिए । उनी कास्कीको पर्यटकीय गाउँ धितालको अस्ताम आउने खबर गाउँलेले मिडियाबाटै थाहा पाए ।
अस्ताम गाउँ कास्कीको उत्तरी भागमा पर्छ । पोखरा–२५ हेमजा हुँदै जाने अस्तामबाट माछापुच्छ धौलागिरिसमेतका मनोरम हिमशृंखला नजिकबाट देख्न सकिन्छ । आफ्नै गाउँको अन्नपूर्ण इको भिलेज रिसोर्टमा प्रधानमन्त्रीको परिवार बस्ने थाहा पाएका सर्वसाधारण खुसी भए । उनीहरूले नेपाली सेना र नेपाल प्रहरी फाट्टफुट्ट आएको देखे । साँच्चिकै हो रहेछ । देशकै प्रधानमन्त्रीले आफ्नो गाउँमा पाइला टेक्ने भएपछि सर्वसाधारण गद्गद् बने ।
शुक्रबार दिउँसो प्रधानमन्त्री शाह परिवारसहित अस्ताम प्रवेश गरे । तर सुरक्षा व्यवस्था कडा थियो । नेपाली सेनाले सुरक्षाको जिम्मा लिएको थियो ।
स्थानीय शोभाखर अधिकारीले चाहिँ प्रधानमन्त्रीलाई भेट्न पाए पानी र बाटो माग्ने बताए । गाउँमा अहिले पानीको दुःख छ । पल्लो गाउँ धम्पुसबाट ल्याइएको पानी वर्षामा पुगे पनि हिउँदमा नपुग्ने उनी बताउँछन् ।
प्रधानमन्त्री शाह शनिबार हिमालपारिको जिल्ला मुस्ताङ भ्रमणमा जाने बताइएको छ । शाहको नितान्त निजी भ्रमण भएकाले कास्की र मुस्ताङको सुरक्षा संयन्त्रलाई पनि जानकारी दिइएको छैन ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले प्रधानमन्त्री शाहको नितान्त पारिवारिक भ्रमण रहेको र अन्य औपचारिक कार्यक्रम नरहेको स्पष्ट पारे । प्रधानमन्त्री शाह परिवारका सदस्यहरूसहित काठमाडौंदेखि स्थलमार्ग हुँदै आएका हुन् ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले भनिन्, ‘निजी भ्रमण भन्ने कुरा भा’को छ, त्यस्तो फर्मल कार्यक्रम छैन ।’
तर उनले सुरक्षा तयारी चुस्त अवस्थामा रहेको बताइन् । प्रधानमन्त्रीको निजी भ्रमण भएकाले धेरै विषय बाहिर नआए पनि उनी बसेको रिसोर्ट’bout चर्चा–परिचर्चा सुरु भएको छ । कतिपयले ‘अब रिसोर्ट चम्किने’ भयो भनेका छन् । अन्नपूर्ण इको भिलेज रिसोर्ट पछिल्लो समय आफैँमा चर्चित रिसोर्ट हो । यहाँ योगा, ध्यानको क्लास हुनुका साथै पाहुनालाई शान्त वातावरणमा बसोबासको व्यवस्था छ । यहाँ दुई दर्जन रुम रहेको रिसोर्ट सञ्चालक विश्वराज अधिकारी बताउँछन् ।
विश्वराज अधिकारीका दाजुभाइ मिलेर रिसोर्ट सञ्चालनमा आएको हो ।
सम्बन्धित समाचार
सुक्खा पहिरोले म्याग्दीको घारखोला जलविद्युत् आयोजनाको विद्युतगृहमा क्षति : एक जना बेपत्ता, एक जना घाइते
कर्णालीका मुख्यमन्त्रीको जिकिर : तीनबुँदे सहमतिअनुसार चाँडै नै मन्त्रिपरिषद् विस्तार
गण्डकीमा तनहुँमा मात्रै पशुको रगत परीक्षण
बागमतीका मुख्यमन्त्री बानियाँले ३ भदौभित्र विश्वासको मत लिने, पाउँलान् त ?
कास्कीमा २ वटा पुल बगायो, मन्दिरमा फसेका ३ जनाको उद्धार प्रयास जारी
जाजरकोटको रिसाङ पहिरोमा परी आमा छोरा बेपत्ता, सात घाइते
बर्खामा हिलो, हिउँदमा धुलोः दमक–चिसोपानी सडक
प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट






