काठमाडौं । धादिङको सदरमुकाम धादिङबेँसीसँग सडक सम्पर्क पुनः स्थापित भएको छ। गत बुधबार भोटेकोसी र त्रिशूली नदीमा आएको प्रलयकारी बाढीले पुल बगाएपछि धादिङ सदरमुकामसँग सम्पर्क विच्छेद भएको चार दिनपछि सडक सञ्चालनमा आएको हो।
प्रधानमन्त्रीका प्रेस संयोजक दीपा दाहालका अनुसार आजदेखि धादिङ सदरमुकाम धादिङबेँसी जाने वैकल्पिक सडक सञ्चालनमा आएको छ। “परेवाटार-नेपालटार-गजुरीटार-पिपलटार-आदमटार-बेलिनटार-केउरिनीटार हुँदै मास्टार जोडिने सडक सञ्चालनमा आएको हो। योसँगै धादिङ सदरमुकाम धादिङबेँसी पुनः सडक सञ्जालमा जोडिएको छ,” उनले जानकारी दिँदै भनिन्।
गत बुधबार रसुवाको भोटेकोसीमा आएको बाढीले धादिङबेँसी जाने त्रिशूलीमाथिको पुल बगाउँदा सदरमुकामसँगको सडक सम्पर्क टुटेको थियो।
तपाइको प्रतिक्रिया
(Visited 44 times, 1 visits today)
सम्बन्धित समाचार
सामाजिक परीक्षणमा एफडब्लुएलडीको प्रशंसा
सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना हुने
गोसाइँकुण्ड गाउँपालिका उपाध्यक्ष र वडाध्यक्ष सम्पर्कविहीन
बाढीपीडितलाई ललितपुरका ३ स्थानीय तहको एक करोड ८० लाख सहयोग
रेडक्रसद्वारा पौने ५ अर्ब सहयोग अपील
सरकारी राजपत्रः ५ जिल्लाका १५ स्थानीय तह ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा
इनरुवाको ग्रीनसिटीमा १२ हजार बिरुवा रोपिँदै
खोलाले बगायो ४ बालिका: १ को शव फेला, २ बेपत्ता, १ जनाको उद्दार






