‘नीलो क्रान्ति’ वाला भिआइपीको स्टन्टले गाईजात्रा बिर्सायो : गोकुल बास्कोटा

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले विपद्का बेला उद्धार तथा राहतका नाममा भइरहेका गतिविधिप्रति कडा कटाक्ष गरेका छन्। बास्कोटाले सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै विपद्का बेला ‘नीलो क्रान्ति’ का नाममा भिआइपीहरूले गरिरहेको भिडियो स्टन्टले गाईजात्रालाई समेत बिर्साएको आरोप लगाएका हुन्।

जलवायु परिवर्तनको भयावह असरबाट विश्व नै पीडित रहेको उल्लेख गर्दै उनले यस विषयमा धनी राष्ट्रहरूको बेवास्ता पनि उत्तिकै रहेको बताए। विपद्का बेला अन्तर्राष्ट्रिय समुदायबाट सहयोग प्राप्त भए पनि त्यसका नाममा प्रदर्शन र व्यापार भइरहेको भन्दै उनले असन्तोष व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमा बास्कोटाले लेखेका छन्, ‘विपत्मा नीलो क्रान्तिवाला भिआइपीहरूको भिडियो स्टन्टले गाईजात्रा बिर्सायो। जलवायु परिवर्तनको भयानक असरले विश्व पीडित छ र धनी राष्ट्रहरूको वेमतलब पनि उस्तै। सहयोग त दिएकै छन्, तर यस्तो लाग्छ- त्यो आँसुको अन्तहीन व्यापार चलिरहन्छ।’

तपाइको प्रतिक्रिया
(Visited 147 times, 1 visits today)

epaper

ताजा समाचार

भेनेजुएली पूर्वराष्ट्रपति मादुरोका २ तस्बिर सार्वजनिक