काठमाडौं । भोटेकोसी बाढीका कारण निम्तिएको संकट समाधानका लागि प्रधानमन्त्री वालेन्द्र शाहले सुरक्षा निकायका प्रमुखसँग ‘ब्रिफिङ’ लिइरहेका छन्।
सोमबार बिहानैदेखि प्रधानमन्त्री शाह छलफलमा लागेका हुन्। केहीबेर अघि नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलबाट ‘ब्रिफिङ’ लिएका छन्।
प्रधानसेनापति सिग्देलले हालसम्म भएका खोज, उद्धार, राहत तथा व्यवस्थापनका विषयमा जानकारी गराएको प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ।
यसपछि सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग ‘ब्रिफिङ’ लिन लागेका छन्। त्यसपछि नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग ‘ब्रिफिङ’ लिने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भदौ १० गते बिहान भोटेकोसीमा आएको बाढीले धनजनको ठूलो क्षति पुगेको छ। बाढीमा परेर ९०३ जनाको ज्यान गइसकेको छ। अझै चार हजार २४७ जना सम्पर्कविहीन रहेका छन्।
सम्बन्धित समाचार
प्रधानमन्त्रीले गरे मुख्यसचिवसहित सबै मन्त्रीसँग कार्यसम्पादन सम्झौता
मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो
उद्धारका लागि राज्यको सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह
प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौँः अर्थमन्त्री वाग्ले
बडीमालिका पूजा आजदेखि प्रारम्भ
विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल
कांग्रेस महाधिवेशन रोक्न सर्वोच्चले दिएन अन्तरिम आदेश
बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा






