कैलालीमा १५ वर्षीया किशोरीमाथि करणी गरेको आरोपमा ९३ वर्षीय वृद्ध पक्राउ

धनगढी । कैलालीमा १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा ९३ वर्षीय वृद्ध पक्राउ परेका छन् ।

गौरीगंगा नगरपालिका–९ का ९३ वर्षीय बिरे जाग्रीलाई किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार जाग्रीले गत २८ साउनमा किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोप लागेको छ ।

घटना’bout किशोरीका आफन्तले प्रहरीमा उजुरी दिएपछि इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी टोलीले जाग्रीलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार जंगल क्षेत्रमा घटना भइरहेको अवस्थामा किशोरीकी दिदीले देखेपछि घटना’bout जानकारी गराएकी थिइन् । त्यसपछि घटना’bout प्रहरीलाई जानकारी पुगेको हो ।

पक्राउ परेका जाग्रीलाई प्रारम्भिक अनुसन्धान तथा बयान लिएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतमा पेश गरिएको इलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 132 times, 1 visits today)

epaper

ताजा समाचार

नेपाल भलिबल लिगको पहिलो दिनको टिकट बिक्री रकम बाढीपीडितलाई