नारायणी अस्पतालबाट अपहरणमा परेका नवजात शिशुको उद्धार, अपहरणकारी महिला पक्राउ

वीरगन्ज । पर्साको वीरगञ्ज महानगरपालिका–४ नारायणी अस्पतालबाट अपहरणमा परेका नवजात शिशुको उद्धार भएको छ ।

आइतबार अपराह्न ४ बजेतिर अपहरण परेका ती नवजात शिशुलाई जिल्ला प्रहरी कार्यालय पर्साले सोमबार दिउँसो १ बजे उद्धार गरेको हो । प्रहरीले शिशुको खोजीका लागि आइतबार ५ बजेदेखि नै अपरेशन सुरू गरेको थियो । सूचना प्राप्त लगत्तै सीमावर्ती नाकाहरूमा सुक्ष्म निगरानी अघि बढाएको प्रहरीले अस्पताल भित्र र बाहिरको सिसिटिभी फुटेज जाँच र विश्लेषण गरी अनुसन्धान अघि बढाएको थियो ।

प्रहरीले वीरगन्ज महानगर–१६ बस्ने २७ वर्षीया सबिना खातुनको कोठाबाट शिशुको उद्धार गरी खातुनलाई पक्राउ गरेको थियो ।

पर्साका एसपी पवनकुमार भट्टराईले भने, ‘अस्पतालबाट शिशुको सुत्केरी कुरूवा कोठामा आफन्तसँग खेलाउने भनेर लगेको रहेछ । त्यहाँबाट लगेर आफ्नो घर लगेर राखेका रहेछन्, समयमै कारबाही प्रक्रिया अघि नबढाएको भए ठूलो समस्या हुनसक्थ्यो ।’

शिशुको उद्धार भएपछि प्रहरीले सर्लाहीकी २७ वर्षीया आमाको जिम्मा लगाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 23 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशी बाढी : ९८७ को शव फेला, ३ हजार ९१६ जना सम्पर्कविहीन