पोखरा । भोटेकोशी बाढीमा परी पोखरा ल्याइएका १०२ शवमध्ये ७६ शव गाडेर व्यवस्थापन गरिएको छ । पोखरा–१६ स्थित सिँचाइ बाँधको वन क्षेत्रमा प्रहरी सहयोगमा मंगलबार ती शव गाडेर व्यवस्थापन गरिएको हो ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालका अनुसार पोखरा ल्याइएका १०२ शवमध्ये १९ को पहिचान भई आफन्तले बुझेर गइसकेका छन् । ६ दिनसम्म पहिचान हुन नसकेका ७६ शव भने गाडेर व्यवस्थापन गरिएको हो । बाँकी ७ शव भने अस्पतालको शवगृहमै राखिएको छ ।
ती शव विषयमा केही कन्फ्युज भएको र आफन्त तथा परिवार आएर पहिचान हुन सक्ने आशमा दुई चार दिनसम्म शवगृहमै राखिने सहायक प्रजिअ बरालले बताए ।
रसुवा भोटेकोशी बाढीका कारण ज्यान गुमाएकामध्ये नदीले बगाएका शव गोरखा, तनहुँ, धादिङ र नवलपुरबाट संकलन गरेर यहाँ ल्याइएको थियो । मणिपाल शिक्षण अस्पतालमा ९ सहित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरी १०२ शव राखिएको थियो । नवलपुरबाट ४०, धादिङबाट २७, तनहुँबाट २४ र गोरखाबाट ११ शव संकलन गरिएको थियो ।
सबै शवको सोमबारसम्म पोस्टमार्टम पूरा गरिएको थियो ।
कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसारमा गाडिएका शवमा ट्याग राखिएको छ । भोलिका दिनमा डिएनए म्याचिङ भयो र कोही परिवारजनका सदस्यले म लैजान्छु भनी दाबी गरेमा उत्खनन् गरेर लैजान पनि सकिनेछ ।
सम्बन्धित समाचार
पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे साता
प्रधानमन्त्रीको भिडियो खिचेको भन्दै सेनाले गर्यो डिलिट
स्याङ्जामा जिप दुर्घटना : दुई जनाको घटनास्थलमै मृत्यु, चालकसहित १० जना घाइते
१९९ किलो गाँजासहित टिपर र चालक नियन्त्रणमा
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्र विदुर प्रस्थान
पोखरा ल्याइएका १०२ शवमा ४ मात्र सनाखत
नुवाकोटको बेत्रावतीस्थित एउटै घरबाट २४ वटा शव फेला






