काठमाडौं । भोटेकोशी नदीमा १० भदौमा आएको भीषण बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका नदेखिएको भन्दै गृह मन्त्रालयले रसुवाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नरेन्द्र परियारलाई फिर्ता बोलाएको छ । उनको ठाउँमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक कमलप्रसाद पाण्डेलाई पठाइएको छ ।
परियारले रसुवाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेको दुई महिना पनि पूरा भएको थिएन ।
रसुवा भन्सार प्रमुख राजेन्द्र ढुंगानाले बाढीपछि जिल्लामा उत्पन्न संकट व्यवस्थापन, खोज तथा उद्धार, राहत वितरण र निकायहरूबीचको समन्वयमा जिल्ला प्रशासनको भूमिकामाथि सार्वजनिक रूपमै प्रश्न उठाइरहेका बेला उनको सरुवा गरिएको हो ।
तपाइको प्रतिक्रिया
(Visited 94 times, 1 visits today)
सम्बन्धित समाचार
गरिमाको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ
तिब्बत बाढी : मुग्लिङसहित तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह
बाढी प्रभावितको उद्धारका लागि १२ वटा हेलिकप्टर परिचालन
चिनियाँ प्रधानमन्त्री ली छियाङ तिब्बतको सीमावर्ती क्षेत्र केरुङ आइपुगे
कांकडभिट्टामा गोप्रो क्यामेरा जडान
दुई जनाको जीवितै उद्धार गरिएको माथिल्लो त्रिशूली– ३ ए जलविद्युत् आयोजनाको सुरुङबाट एउटा शव निकालियो
संयुक्त राष्ट्रसंघले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
बाँकेमा १६ जनाको ‘डिएनए’ नमूना सङ्कलन






