अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

कालीकोट । पहिरोले चार दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ । अविरल वर्षाका कारण शनिबारदेखि अवरुद्ध कर्णाली राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ।

सुर्खेत–जुम्ला सडकअन्तर्गत कालीकोट जिल्लाको गगनेखोलामा आएको पहिरो आज हटाएपछि सडक खुलेको हो। सडक खुलेपछि रोकिएका मालवाहक ट्रक गुड्न थालेका छन् ।

वर्षाका कारण एसमोड, मेअरखोला, गगनेखोलासहितका धेरै स्थानमा पहिरो जाँदा सडक बन्द भएको थियो । पहिरोले सडक अवरुद्ध हँुदा जुम्लाबाट सुर्खेत नेपालगञ्जका लागि गएका ट्रक बाटोमै थन्किएका थिए ।

अवरुद्ध सडक खुलेसँगै बीच बाटोमा रोकिएका सवारीसाधन आ–आफ्नो गन्तव्यतिर लागेको जिल्ला प्रहरी कार्यालय बालीकोटले जनाएको छ। निरन्तरको वर्षाले बाटो पन्छाउन चुनौति बिचमा सडक कार्यालयले पहिरो पन्छाएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 12 times, 1 visits today)

epaper

ताजा समाचार

पूर्वाधार मर्मत तथा विस्तारमा प्रभावकारी बन्दै दमौली सडक डिभिजन