काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्राकृतिक विपत्तिका बेला पीडित नागरिकको आक्रोशलाई राजनीतिक प्रहारका रूपमा लिन नहुने बताएका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सम्बोधन गर्दै लामिछानेले विपत्तिमा सर्वस्व गुमाएका नागरिकको आक्रोश राज्यप्रतिको अपेक्षा र अन्तिम गुहार भएको भन्दै त्यसलाई सहानुभूतिपूर्वक बुझ्न सरकार र राजनीतिक दललाई आग्रह गरेका हुन्।
“नागरिकको त्यो आक्रोशलाई हामीले हाम्रो विरुद्धको प्रहार होइन, हामीप्रतिको अपेक्षा र राज्य गुहार्ने अन्तिम चित्कारको रूपमा बुझ्नुपर्छ,” उनले भने, “त्यो आक्रोश सुन्ने, सहने र उनीहरूको आँसु पुछ्ने फराकिलो छाती नै आजको साँचो राज्यसत्ता हो।”
तपाइको प्रतिक्रिया
(Visited 14 times, 1 visits today)
सम्बन्धित समाचार
उद्धारका लागि राज्यको सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह
प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौँः अर्थमन्त्री वाग्ले
कांग्रेस महाधिवेशन रोक्न सर्वोच्चले दिएन अन्तरिम आदेश
प्रधानमन्त्री शाह सुरक्षा प्रमुखसँग ‘ब्रिफिङ’ लिँदै
‘प्रधानमन्त्री आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ यो के तरिका हो ?’
अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल
देउवासँग भेटेर कुरा गर्न चाहेको छु, तर समय पाएको छैनः गगन थापा
जेनजी आन्दोलन दल विशेष थिएन, तत्कालीन सरकारको दमनको परिणाम थियोः कांग्रेस सांसद केसी






