काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दायर रिट निवेदन खारेज गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले रिट खारेज गर्ने आदेश दिएको हो ।
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, सारंगा सुवेदी र बिनोद शर्माको इजलासले जबराविरुद्धको रिट निवेदन खारेज गर्ने निर्णय गरेको हो ।
अदालतको यो आदेशसँगै पूर्वप्रधानन्यायाधीश जबराले पेन्सनपट्टालगायतका सुविधा पाउने बाटो खुलेको छ ।
संसदबाट महाभियोग प्रस्ताव पारित नभए पनि महाभियोगको प्रक्रियामा रहेका कारण जबरालाई पूर्वप्रधानन्यायाधीशका रूपमा पाउने सुविधा रोक्ने विषयलाई लिएर रिट निवेदन दायर भएको थियो ।
संवैधानिक इजलासले उक्त रिट खारेज गरेपछि जबराले पूर्वप्रधानन्यायाधीशका रूपमा पाउने सुविधा प्राप्त गर्ने बाटो खुलेको हो ।
तपाइको प्रतिक्रिया
(Visited 17 times, 1 visits today)
सम्बन्धित समाचार
भोटेकोशी बाढी : कुन देशका कति बेपत्ता ? थप प्रमाणीकरणपछि संख्या तथा विवरण परिवर्तन हुन सक्ने
उद्धारका लागि राज्यको सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह
प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौँः अर्थमन्त्री वाग्ले
विद्युतीय खरिद प्रणालीमा सुरक्षा जोखिम, अर्को सूचना नभएसम्म प्रयोग नगर्न आग्रह
प्रधानमन्त्री शाह सुरक्षा प्रमुखसँग ‘ब्रिफिङ’ लिँदै
भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापनाका लागि सरकारद्वारा कार्यदल गठन
बाढी प्रभावित ३ जिल्लामा सशस्त्र प्रहरीको १२ वटा अस्थायी बेश स्थापना
कास्कीको किम्रोङ खोला थुनियो, विशेष सतर्कता अपनाउन आग्रह






