अनुशासित र योग्न बनाउन विद्यार्थीलाई नै जिम्मेवारी

वीरगन्ज । लामो इतिहास बोकेको पर्सा वीरगन्जको मदरल्याण्ड माध्यमिक विद्यालय (मा.वि.) ले विद्यार्थीलाई अनुशासित, नैतिकवान र आन्तरिक क्षमता प्रवद्र्धनका लागि जिम्मेवारी प्रदान गरेको छ । विद्यालय परिषरमा नै बिशेष कार्यक्रम गरी मदरल्याण्ड मा.वि.ले बुधबार विद्यार्थीहरुलाई नै पद र जिम्मेवारी प्रदान गरेको हो ।

वर्तमान समयमा आफ्नो काम, कर्तव्य र पालना गर्नु पर्ने अनुशासनभन्दा पनि अरुको गल्ती कमजोरी औल्याउने प्रवृति हावी भइरहेको प्रश्न उठिरहेको समयमा मदरल्याण्ड मा.वि.ले युवा विद्यार्थीहरुलाई स्वः आत्मबोध गराउन यो कदम चालेको छ ।

पछिल्लो समय युवा विद्यार्थी माथि सोझिने प्रश्नलाई थोरै न्यूनिकरण गर्न पनि आफ्नो ठाउँबाट मदरल्याण्ड मा.वि.ले विद्यार्थीलाई नै जिम्मेवारी प्रदान गर्दै आफू र समूहगत रुपमा सुधारात्मक कार्य गरी नैतिक चरित्रवान बन्न बल पुगोस् भनी यस्तो कदम उठाएको विद्यालयको दावी छ ।

कक्षा कोठा र विद्यालयमा रहँदा बस्दा विद्यार्थीले आफू र समूहगत रुपमा कसरी रहने बस्ने र शिक्षक, शिक्षिकासँग सहाकार्य गर्न पनि विद्यार्थीलाई डर–त्रासको वातावरण नरहोस् भनी विगतलाई पनि मनन् गर्दै प्रत्येक कक्षा, कलर समूह र विद्यालयको पनि महत्वपूर्ण जिम्मेवारीमा विद्यार्थीहरुलाई अगाडी डो¥याएको विद्यालयका संस्थापक एवं प्रिन्सिपल डा.नन्दन यादवले बताए ।

विद्यार्थीहरु मध्येबाटै भोटिङ गराई विद्यालयको समग्र कमाण्ड गर्न छात्र र छात्राबाट एक एक जना निर्वाचित नै गरी अगाडी ल्याइएको पनि उनको भनाइ छ । कक्षाहरुमा पनि मनिटर, सहायक मनिटर राख्ने र कलर समूहको पनि नेतृत्वमा विद्यार्थीहरु मध्येबाटै अगाडी बढाइएको विद्यालयले कार्यक्रमकै बीच प्रष्ट पारेको छ ।

नयाँ जिम्मेवारी पाउने विद्यार्थीहरुलाई राजधानी दैनिकका मधेश व्यूरो प्रमुख तुलसी भण्डारी, नेशनल प्याव्सनका जिल्ला अध्यक्ष रामकुमार श्रेष्ठ, नेशनल प्याब्सन जिल्ला सचिव प्रमोद सहनी, वीरगन्ज महानगर अध्यक्ष सोनालाल पटेललगायतले शुभकामना दिंदै मदरल्याण्ड मा.वि.ले गरेको कामको प्रशंसा गरे । उनीहरुले सबै विद्यालयले सानो कक्षाबाट विद्यार्थीहरुलाई अनुशासन सिकाउने र जिम्मेवारी पनि प्रदान गर्दै अतिरिक्त क्रियाकलापबाट विद्यार्थीहरुको आन्तरिक क्षमता प्रवद्र्धन गराउने कुरामा अन्य विद्यालयहरुले पनि अनुसरण गर्नु पर्नेमा जोड दिए । मदरल्याण्डका जिम्मेवार प्राप्त विद्यार्थीहरुलाई व्याच, झण्डा वितरण गर्दै कार्यक्रमका अतिथिहरुले सपथ ग्रहण गराएका थिए ।

विद्यालयका शिक्षक काशिम अन्सारीले सहजीकरण गरेको कार्यक्रममा अभिभावकहरु सम्सुद हवारी ,सुनिल साह, सन्तोष पण्डितलगायत विद्यालयका शिक्षक, शिक्षिका र विद्यार्थीहरुको सकृय उपस्थिति रहेको थियो । कार्यक्रम विद्यालयका संस्थापक तथा प्रिन्सिपल डा यादवको अध्यक्षतामा सम्पन्न भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

अनुशासित र योग्न बनाउन विद्यार्थीलाई नै जिम्मेवारी