काठमाडौं । यस वर्षको ‘फेसियल हाउस प्रिजेन्ट्स सेलिब्रेसन सांस्कृतिक कार्यक्रम २०८३’ लाई सामाजिक उत्तरदायित्वसँग जोडिएको छ। भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने कुरा सामाजिक उत्तरदायित्वसँग जोडिएको आयोजकले बताएका छन्।
फेसियल हाउसले ‘फेसियल हाउस प्रिजेन्ट्स सेलिब्रेसन सांस्कृतिक कार्यक्रम २०८३’ नाम दिएर आयोजना गरिएको सो कार्यक्रममा सांस्कृतिक प्रस्तुतिसँगै ‘ब्राइडल मेकअप कम्पिटिसन’ समेत आयोजना गरिएको थियो ।
‘चाडपर्व पनि मनाऔं, बाढीपीडितलाई पनि सहयोग गरौं’ भन्ने नारासहित शनिबार काठमाडौंमा आयोजना गरिएको सो प्रदर्शनीमा संकलन गरिएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने आयोजकले बताएका छन्। कार्यक्रममा फेसियल हाउसकी संस्थापक तथा प्रबन्ध निर्देशक सुष्मा महराले चाडपर्वलाई सामाजिक सेवासँग जोडेर अघि बढाउनु पर्ने बताइन्।
‘‘संस्कृति पनि जोगिन्छ, आफन्त र साथीभाइसँग भेटघाट पनि हुन्छ। त्यससँगै विपदमा परेका नागरिकलाई सहयोग गर्न पनि सकिन्छ। त्यसैले यस वर्षको कार्यक्रमलाई बाढीपीडितलाई सहयोग गर्ने अभियानसँग जोडेर आयोजना गरेका हौं”, महराले भनिन्।
यस वर्ष आयोजित ब्राइडल मेकअप प्रतियोगितामा २५ जना प्रतिस्पर्धी सहभागी भएका थिए। प्रतियोगितामा विभिन्न सात विधामा उत्कृष्ट हुने प्रतिस्पर्धीलाई सम्मान गरिएको थियो। प्रतियोगितामा सुनिता राई विजेता बनिन्। अस्लिना गुरुङ फर्स्ट रनरअप र उर्मिला तामाङ सेकेन्ड रनरअप घोषित भए।
त्यस्तै, जुनु श्रेष्ठ बेस्ट पर्फमर, मुना राई बेस्ट र्याम्प वाक, सुनिता लामा बेस्ट ट्रेडिसनल अटायर प्रेजेन्टेसन तथा सरु गुरुङ स्टाइल आइकन अफ द इभेन्ट घोषित भइन्। विजेताहरूलाई क्राउन समेत लगाइएको थियो।
प्रतियोगितासँगै कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, नाचगान तथा मनोरञ्जनात्मक कार्यक्रम समेत आयोजना गरिएको थियो। फेसियल हाउसले स्थापनाकालदेखि नै हरेक वर्ष विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ। कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता थियो।
सम्बन्धित समाचार
बहराइनले दियो नेपाललाई ८८ रनको सामान्य लक्ष्य
बाढीपीडितको सहयोगका लागि मेडिकेयर हस्पिटलद्वारा ११ लाख ११ हजार रुपैयाँ सहयोग
पाँच दिनपछि धुञ्चेमा‘जेनेरेटर’: निःशुल्क मोबाइल चार्ज,टुटेको आशालाई जोड्दै
प्रधानमन्त्री र सभापति लामिछानेबीच के के भयो छलफल ?
सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस
२३ भदौका दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क जाने
श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै






