काठमाडौं । जलवायु परिवर्तनले पारेको असर, त्यसको अनुकूलन र न्यूनीकरणका उपाय’bout साझा धारणा बनाउन मंगलबारदेखि मुस्ताङको जोमसोममा दुईदिने ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ हुँदैछ । सम्मेलनमा देशभरका ४२१ स्थानीय तह र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदैछन् ।
घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनका अनुसार ७५३ वटै स्थानीय तहलाई सम्मेलनमा निमन्त्रणा गरिएको थियो । तर भोटेकोशी बाढीलगायत विभिन्न कारणले केही स्थानीय तहका प्रतिनिधि सहभागी हुन सकेका छैनन् । सहभागी हुन नसकेका स्थानीय तहले पनि सम्मेलनप्रति नैतिक तथा भावनात्मक ऐक्यबद्धता जनाएका छन् ।
जलवायु परिवर्तनका कारण हिमनदी पग्लने, तापक्रम बढ्ने, हिमपातको स्वरूप बदलिने, पानीका मुहान सुक्ने तथा जलस्रोतको अभाव बढ्दै गएको भन्दै सम्मेलनले जलवायु परिवर्तनको असर र अनुकूलनका विषयमा साझा धारणा बनाउने आयोजकले जनाएको छ । जलवायुजन्य विपद्, विस्थापन र त्यसले जनजीवन तथा प्राकृतिक प्रणालीमा पारेको असरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा पु¥याउने सम्मेलनको अर्को उद्देश्य छ ।
मुस्ताङमा पहिलोपटक आयोजना हुन लागेको सम्मेलन यसअघि भदौको अन्तिमतिर गर्ने तय भएको थियो । तर जेनजी आन्दोलनका कारण स्थगित गरिएको थियो ।
सम्मेलनलाई मुस्ताङका अन्य चार स्थानीय तह, भगिनी सम्बन्ध भएका ललितपुर र पोखरा महानगरपालिका, बुटवल उपमहानगरपालिका, गण्डकी प्रदेश सरकार, डब्लूडब्लूएफ, आईसीआईएमओडी र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनालगायतले सहयोग गरेका छन् ।
सम्मेलनको उद्घाटन संघीय कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले गर्ने कार्यक्रम छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलगायत संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि तथा अधिकारी पनि सहभागी हुनेछन् ।
उद्घाटन सत्रमा भोटेकोशी बाढीबाट प्रभावित रसुवाका जिल्ला समन्वय समितिका प्रतिनिधिले बाढीपछिको पीडा, खोज तथा उद्धार र प्रतिकार्यको अनुभव सुनाउने कार्यक्रम छ । स्थानीय तह महासंघ र जिल्ला समन्वय समिति महासंघले पनि सम्मेलनमा धारणा राख्नेछन् ।
सम्मेलनका प्राविधिक सत्रमा जलवायु परिवर्तनको प्रभाव र अनुकूलन तथा जलवायुजन्य विपद् र त्यसको प्रतिकार्य’bout छलफल हुनेछ । संयुक्त सचिव हरिप्रसाद शर्मा, डा. कृष्णचन्द्र देवकोटा र गणेशप्रसाद भट्टले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।
पानी सकिँदा गाउँ नै सकियो
जलवायु परिवर्तनको प्रत्यक्ष असरका रूपमा घरपझोङको परम्परागत हिमाली बस्ती सोमजोङ नै हराएको छ ।
गाउँपालिका अध्यक्ष लालचनका अनुसार पछिल्लो एक दशकमा सोमजोङमा हिउँ पर्न छाडेपछि पानीका मुहान सुक्दै गए । पानीको अभाव भएपछि स्थानीय बासिन्दा अन्यत्र बसाइँ सरे र परम्परागत बस्ती अहिले इतिहास बनेको छ । ‘हिउँ नै पर्न छोड्यो, पानीका मुहान पनि सुके । पानी नभएपछि अहिले सोमजोङ इतिहास भयो,’ लालचनले भने ।
जलवायु परिवर्तनको असर मुस्ताङका अन्य बस्तीमा पनि देखिन थालेको छ । घरपझोङका कतिपय क्षेत्रमा जाडोमा उत्पादन हुने बालीको ठाउँमा गर्मीमा उत्पादन हुने बाली लगाउन थालिएको छ । पहिले नहुने तरकारीसमेत उत्पादन हुन थालेका छन् ।
हिमाली जडीबुटी र स्याउ उत्पादनमा पनि जलवायु परिवर्तनको असर देखिएको स्थानीयको भनाइ छ । हिमपातको समय र स्वरूपमा आएको परिवर्तनले स्याउ उत्पादनमा असर पु¥याएको छ भने पानीको स्रोतमा आएको कमीले कृषि र जनजीवन प्रभावित हुँदै गएको छ ।
सम्मेलनले यस्ता स्थानीय अनुभवलाई जलवायु परिवर्तनका विश्वव्यापी बहससँग जोड्दै स्थानीय तहले भोगिरहेका समस्या, अनुकूलनका उपाय र आवश्यक सहयोग’bout साझा धारणा बनाउने अपेक्षा गरिएको छ ।
सम्बन्धित समाचार
सुरुङ उद्धारमा भएको ढिलाइ गम्भीर र अमानवीय: काँग्रेस नेता आङ्देम्बे
प्रधानमन्त्री शाह असोज ६ गते अमेरिका जाने
आज ‘जेन्जी’ शहीद दिवस : सार्वजनिक विदा
सरकारको प्रतिगामी कदम धेरै टिक्दैन : अध्यक्ष ओली
कांग्रेस इतर समूहको बैठक बस्दै
केन्द्रीय कार्यसम्पादन समितिको निर्णयप्रति देउवा पक्ष असहमत
रास्वपाका सहमहामन्त्री ढकालले अपराधीलाई भगाएको आरोप
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ






