धनगढी । आगामी बिहिबारदेखि सोमबारसम्म भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेपछि धनगढी उपमहानगरपालिकाले नगरवासीलाई सतर्क रहन आग्रह गर्दै टोलटोलमा माइकिङ सुरु गरेको छ ।
नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार असोज ८ गते बिहिबारदेखि १२ गते सोमबारसम्म सुदूरपश्चिमसहित विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
भारी वर्षाका कारण धनगढी क्षेत्रका नदी तथा खोलानालामा पानीको सतह बढ्नुका साथै नदी तटीय क्षेत्रमा बाढी र डुबानको जोखिम हुन सक्ने उपमहानगरपालिकाले जनाएको छ ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै उपमहानगरपालिकाको विपद् व्यवस्थापन शाखाले आवश्यक पूर्वतयारी अपनाउन नगरवासीलाई आग्रह गरेको छ । विशेषगरी नदी तथा खोलानाला आसपास र अन्य जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन भनिएको छ ।
उपमहानगरपालिकाले नगर प्रहरीलाई टोलटोलमा परिचालन गरी माइकिङमार्फत भारी वर्षाका क्रममा हुन सक्ने बाढी, डुबानलगायतका विपद्बाट सुरक्षित रहन सचेत गराइरहेको छ ।
नगर प्रहरीले खेतीपाती तथा दैनिक कामकाजका क्रममा समेत सम्भावित जोखिमबाट जोगिन, नदी तथा खोलानाला आसपास नजान र आवश्यक पूर्वसतर्कता अपनाउन आग्रह गरिरहेको उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगरपालिकाले मौसममा आएको परिवर्तन र वर्षाको अवस्था’bout निरन्तर जानकारी लिन तथा जोखिमको अवस्था देखिएमा तत्काल सुरक्षित स्थानमा जानसमेत नगरवासीलाई आग्रह गरेको छ ।
सम्बन्धित समाचार
भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
उद्योगीको ‘पाता नकसे’सम्म ग्यास अभाव हुने अभिव्यक्ति दिएकी उद्योगमन्त्री यादवले दिइन् राजीनामा
उद्योगमन्त्रीमा सुनसरीका साह सिफारिस
सहकारी ठगीमा पूर्वसांसद इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना
भोटेकोशी बाढी : फर्किने आशा मरेपछि इन्जिनियर दम्पती र छोराछोरीसहित चारै जनाको अन्तिम संस्कार
अर्थमन्त्री वाग्लेको मानवीय मामिला सल्लाहकारमा पराजुली नियुक्त
मोटरसाइकलको ठक्करबाट सुर्खेतमा एक जनाको मृत्यु






