प्रधानमन्त्री शाह अमेरिकाको न्युयोर्क प्रस्थान

काठमाडौ‌ । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेका छन् ।

उनी त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आज साँझ कतार एयरवेजको विमानमार्फत दोहा हुँदै त्यसतर्फ प्रस्थान गरेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन ।

प्रधानमन्त्री शाहलाई कतारको दोहास्थित हमाद अन्तरराष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत कुमार राई र दूतावासका वरिष्ठ अधिकारीहरूले स्वागत गर्ने छन् ।

तपाइको प्रतिक्रिया
(Visited 33 times, 1 visits today)

epaper

ताजा समाचार

'आउँछु' भनेर परदेशिएका छत्रबहादुर ६ वर्षपछि बाकसभित्र फर्किए