चितवन । निरन्तरको वर्षासँगै पहिरो खस्ने क्रम नरोकिएपछि नारायणगढ–मुग्लिन सडक खण्ड अनिश्चितकालका लागि बन्द गरिएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबार बिहान ७:१५ बजे एक सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि उक्त सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा रोक लगाइएको जनाएको हो।
बिहीबारदेखि चितवन र आसपासका क्षेत्रमा जारी अविरल वर्षाका कारण सडकका विभिन्न ठाउँमा पहिरो खसिरहेको छ। पहिरो पन्छाउने काम निरन्तर भइरहेको भए पनि वर्षा नरोकिएकाले जोखिम बढेपछि यात्रा सुरक्षित बनाउन सडक बन्द गर्नुपरेको प्रशासनले स्पष्ट पारेको छ।
सडक सफा गरी पुनः सञ्चालनमा आएपछि मात्र नयाँ सूचनामार्फत जानकारी गराइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
तपाइको प्रतिक्रिया
(Visited 61 times, 1 visits today)
सम्बन्धित समाचार
चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र ४ शव भेटिए
तीन अवस्थाबाहेक पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश
रसुवा–भोटेकोसी बाढीः दैनिकजसो अध्ययन समिति, प्रतिवेदन कार्यान्वयनमा शंका
बन्द भएको ३५ वर्षपछि ललितपुर महानगरले सञ्चालनमा ल्यायो शारदा पुस्तकालय
चार वर्षदेखि अँध्यारो कोठामा भीमा
लोप हुँदै भटमासखेती
कांग्रेस महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान
तीन महिनामा खाद्यान्नमा ३२ प्रतिशतसम्म मूल्यवृद्धि






