खनाललाई दिल्लीमा एक्सिलेन्स इन एजुकेशनल लिडरसिप अवार्ड

सुन्दरहरैँचा(मोरङ) । कोशी प्रदेशको शैक्षिक क्षेत्रमा लामो समयदेखि सक्रिय कमल खनाल अन्तर्राष्ट्रियस्तरको शैक्षिक नेतृत्व सम्मानबाट सम्मानित भएका छन्।

सुन्दरहरैँचा–१० स्थित हिमालय इङ्लिस स्कुलका संस्थापक–प्रिन्सिपल तथा नेशनल प्याब्सन कोशी प्रदेशका अध्यक्ष समेत रहेका खनाललाई भारतको नयाँ दिल्लीमा आयोजित एक विशेष समारोहका बिच प्रतिष्ठित ‘गोल्डेन क्राउन’ : एक्सिलेन्स इन एजुकेशनल लिडरसिप’ अवार्ड २०२६ प्रदान गरिएको छ।

शिक्षा क्षेत्रमा दर्शाएको निरन्तर समर्पण, अनुकरणीय शैक्षिक नेतृत्व तथा संस्थागत विकासमा पुर्‍याएको अतुलनीय योगदानको कदर गर्दै गोल्डेन क्राउन मिडियाले उनलाई यो सम्मान प्रदान गरेको हो।

संस्थाका संस्थापक पवन मिश्रद्वारा हस्ताक्षरित प्रमाणपत्रसहित २७ सेप्टेम्बर २०२६ मा पियरागढीस्थित ‘ग्रीन लाउन्ज बैंक्वेट’मा आयोजित भव्य कार्यक्रमबिच उनलाई सो अवार्ड प्रधान गरिएको जनाएको छ ।

लामो समयदेखि मोरङ हुँदै कोशी प्रदेशको शैक्षिक क्षेत्रमा सक्रिय खनालले शिक्षालाई पाठ्यपुस्तक र परीक्षाको सीमाभन्दा बाहिर लैजाँदै विद्यार्थीको सर्वाङ्गीण विकास, सिर्जनात्मक क्षमता, अनुशासन तथा नेतृत्व कौशल अभिवृद्धिमा जोड दिँदै आएका छन्।

विद्यालयका संस्थापक–प्रिन्सिपलका रूपमा उनको कुशल व्यवस्थापन र दूरदर्शी नेतृत्वको अन्तर्राष्ट्रियस्तरमै कदर हुनुलाई मोरङको समग्र निजी शैक्षिक क्षेत्रकै गौरवको विषयका रूपमा हेरिएको छ।

यस सम्मानले आफ्नो शैक्षिक यात्रामा थप दायित्व र हौसला थपेको खनालले बताएका छन्। खनालको यो अन्तर्राष्ट्रिय उपलब्धिले हिमालय इङ्लिस स्कुल परिवारका साथै स्थानीय समुदाय र शैक्षिक क्षेत्रमा नयाँ उत्साह छाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 14 times, 1 visits today)

epaper

ताजा समाचार

डडेल्धुरामा जंगलमा प्रहरी जवान मृत फेला