काठमाडौं । नेपाली बजारमा आज बुधबार सुन चाँदीको भाउ बढेको छ । पछिल्ला दिनमा घट्दै गएको सुन चाँदीको भाउ आज बुधबार भने बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार सुन प्रतितोला दुई लाख ९३ हजार ३०० रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य हिजो मंगलबारको भन्दा दुई हजार आठ सय रूपैयाँले बढी हो ।
मंगलबार सुन प्रतितोला दुई लाख ९० हजार ५०० रूपैयाँमा कारोबार भएको थियो । सुन मंगलबार प्रतितोला तीन हजार ८०० रूपैयाँ घटेको थियो ।
यस्तै, मंगलबार प्रतितोला ११५ रुपैयाँले घटेको चाँदी आज बुधबार ३० रुपैयाँले बढेर चार हजार ४२५ रूपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी चार हजार ३९५ रूपैयाँमा कारोबार भएको थियो ।
तपाइको प्रतिक्रिया
(Visited 31 times, 1 visits today)
सम्बन्धित समाचार
सहकारी समस्या समाधानमा सरकारको अलमल
सुनको भाउ फेरि ३ लाख रुपैयाँ मुनि
निजामती सेवा विधेयक : लोकसेवा आयोगको परामर्श कुर्दै सरकार, यी हुन् प्रस्ताव गरिएका नयाँ व्यवस्था
३६ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
अर्थमन्त्री डा. वाग्लेले आज भारतीय उद्योगपतिहरूसँग छलफल गर्दै, नेपालमा लगानी गर्न आह्वान गर्ने
बिजुलीमा लगाइएको ५ प्रतिशत भ्याट हटाउँदै सरकार
घट्यो सुनचाँदीको मूल्य, कतिमा भइराखेको छ कारोबार ?
२६ सयको विन्दुमा ओर्लियो नेप्से, कारोबार रकम पनि घट्दो





