बझाङमा जिप दुर्घटना हुँदा चालकको मृत्यु, दुई जना घाइते

बझाङ । बझाङको सुर्मा गाउँपालिका–४ दौतडाबाट सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको जिप सुर्मा गाउँपालिका–२ डोगडीमा दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

दुर्घटनामा सुर्मा गाउँपालिका–४ निवासी २७ वर्षीय चालक कुन्धन बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

कर्णाली प्रदेश ०२–००१ च १०९५ नम्बरको जिपले सुर्मा गाउँपालिका–४ बाट स्थानीय किसानले उत्पादन गरेको आलु बिक्रीका लागि सदरमुकाम चैनपुरतर्फ ल्याउँदै गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

प्रहरी निरीक्षक उपेन्द्र तिमिल्सैनाले दुर्घटनामा घाइते भएका दुई जनाको अवस्था तथा उनीहरूको थप विवरण खुल्न बाँकी रहेको बताए ।

दुर्घटनाको कारण’bout प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 21 times, 1 visits today)

epaper

ताजा समाचार

नापी कार्यालय कलंकीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाख रुपैयाँको बिगोसहित आरोपपत्र दायर