काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी भएर पनि पार्टीको हितविपरीतका क्रियाकलापमा संलग्न हुनेहरूमाथि केन्द्रीय अनुशासन समितिले कारबाही गर्ने भएको छ ।
समितिका कार्यवाहक संयोजक रमेश धमलाले अनुशासनविपरीतका अवाञ्छित गतिविधिमा संलग्न नहुन आग्रह गरेका छन् ।
पार्टीका विभिन्न पदीय जिम्मेवारीमा रहेका पदाधिकारी, निर्वाचनबाट निर्वाचित प्रतिनिधि तथा साधारण क्रियाशील सदस्यसम्मका कसैलाई पनि पार्टीको हित प्रतिकूल हुने कुनै पनि गतिविधिमा संलग्न नहुन समितिले कडा निर्देशन दिएको छ ।
१५औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी भएर पनि पार्टीको हितविपरीतका क्रियाकलापमा संलग्न नहुन पार्टीका सम्पूर्ण तहका नेता तथा कार्यकर्ताहरूलाई सचेत गराएको छ ।
समितिले निर्वाचन प्रक्रियामा संलग्न भइसकेपछि पनि कतिपय व्यक्ति कांग्रसकै नाममा पार्टी विरोधी गतिविधिमा लागेको सूचना प्राप्त भएको जनाइएको छ । त्यस्ता गतिविधिलाई अत्यन्त गम्भीरताका साथ निगरानी गरिरहेको उनले बताए ।
कार्यवाहक संयोजक धमलाले पार्टीको मर्यादा र नीति विपरीत गतिविधि नगर्न आह्वान गर्दै अन्यथा समितिले तत्काल आवश्यक कडा कारबाहीको प्रक्रियालाई अगाडि बढाउन बाध्य हुने स्पष्ट पारेका छन् ।
सम्बन्धित समाचार
अख्तियारः कहाँ सुध्रियो, कहाँ चुक्यो ?
नेपालको संविधानको १२ वर्षः असन्तुष्टि उस्तै, कार्यभार अपुरै
नेपाली कांग्रेसको वडा अधिवेशन ७३ जिल्लामा सम्पन्न, बाँकी भाेली हुने
प्रधानमन्त्री–प्रधानसेनापतिबीच अर्थपूर्ण भेटवार्ता
असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना
ओलीसँग नजिकिए विष्णु, अझै दूरीमा शंकर !
कांग्रेस महाधिवेशन दुई दिन पछि धकेलियो
कांग्रेस महाधिवेशनः ‘विधिको कांग्रेस’मा गगनको शक्ति परीक्षण





