राजविराज । ८ वर्ष अघि बाढीले बगाएको सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका र नेपाल–भारत सिमावर्ती क्षेत्र स्थित भारतीय बजार कुनौलीलाई जोडने एक मात्र अस्थायी पुल (चचरी) अझै बन्न सकेको छैन ।
८ वर्षमा पनि पुल नबन्दा जोखिमपूर्ण आऊजाऊ गर्न सर्वसाधारण बाध्य
बीच सिमाबाट बग्ने खोलामा पुल नहुदा विगत ८ वर्ष देखी विरामी, अशक्त तथा सर्वसाधारण खोलामा जोखिमपूर्ण आऊजाऊ गर्न बाध्य भएका छन । विषेश गरी वर्षायाममा जोखिम मोलेर सर्व साधारण आऊजाउ गर्न बाध्य भएका हुन ।
करिब ४० वर्ष अघि सहज आवत जावतका लागी स्थानीय र सिमावर्ती भारतीय कुनौली बजारका वासिन्दा मिलेर सो खोलामाथी बाँसको फडकेबाट पुल बनाएर आवागमनको ब्यवस्था मिलाएको थियो ।
२०७५ साल असार १७ गते विभिन्न खोला र नदीमा आएको बाढी उक्त खोलामा प्रवेश गरेपछि सो अस्थायी पुल बगाएको थियो । पुल बगाँउदा आऊजाऊ कष्टकर र जोखिमपुर्ण बन्दै गएपछि एक पल्ट पुनः दृुबै देशका स्थानीय नागरिक मिलेर पुल बनाउने प्रयास गरेका थिए । तर सफल हुन सकेनन ।
तिलाठी कोइलाडी गाउँपालिका १ स्थित राजविराज भन्सार कार्यालय अगाडीको खोलामा बाँसको फडके बनाएर पुनः आवागमनको व्यवस्था मिलाउने प्रयास गरिए पनि भारतीय एसएसबीको अवरोधका कारण रोकिएको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलको भनाइ छ ।
सोही गाउँपालिकाका पूर्व अध्यक्ष एंव मधेश प्रदेशका पुर्व मुख्यमन्त्रि सतिष कुमार सिंहले आपुृmले समेत सो स्थानमा पुल बनाउने प्रयास गरेको भएपनि भारतीय सुरक्षाकर्मीले माथीको आदेश चाहियो भन्दै पुल निर्माण कार्यमा असहयोग गरेको सुनाए । उनले आफनो प्रयास अझै जारी रहेको भन्दै सहज आवागमनका लागी सो स्थानमा नेपाल–भारत मैत्री पुल निर्माण गर्ने सोचका साथ निरन्तर प्रयासरत रहेको सुनाए ।
उनले यसका लागी संघिय सरकारको समन्वयमा भारत सरकार संग कुटनितिक पहलको आवश्यक्ता औल्याए । उनले पुृल निर्माणका लागी दुबै देशका स्थानीय नागरिक अगुवाले आ आफनो सरकारको ध्यानाकर्षृृण गराई आवश्यक दवाब बनाइरहेको जानकारी समेत दिए ।
दशगज्जा क्षेत्रमा रहेको सो खोलाबाट बर्षायाममा महुली, जीता, खाँडो, त्रियुगा र भलुवाही लगायतका नदी र खोलाको पानी बग्ने गरेको छ । तर पुल नहुदा दुबै देशका नागरिकले सास्ती खेप्नु परिरहेको तिलाठी कोइलाडी गाउँपालिकाका विपद व्यवस्थापन अधिकृत राजेश झाले सुनाए ।
सुख्खायामममा जसोतसो आवत जावत हुने गरेपनि वर्षायाममा जोखिम मोलेर आऊजाऊ गर्ने बाध्यता रहेको उनको भनाइ छ ।
भारत–नेपालको सिमामा पर्ने कुनौली बजारमा सो क्षेत्र र आसपासका जनता किनमेल, शिक्षा, उपचार, तिर्थाटन लगायत विभिन्न प्रयोजनका लागी यहि बाटो प्रयोग गर्र्दै आएका छन । तर पुल नहुदा वर्षायाममा जोखिमपुर्ण यात्रा गर्न बाध्य भएको भन्दै स्थानीयले अबिलम्ब पृल निर्माणका लागी पहल गर्न सरकार संग माग गरेका छन ।
सम्बन्धित समाचार
रसुवाको बाढीमा बेपत्ता सप्तरीका अधिकांशको कुशको प्रतिक बनाई अन्त्येष्टि
कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा हुँदै, केन्द्रीय नेताहरू उम्मेदवार बन्दै
सडक बन्दको असर बजारमा, दशैंसम्मै अभाव र महँगी
इरानसँगको तनाव बढेपछि तेलको मूल्य बढ्यो, विश्व बजारमा दबाब
इटहरीमा आजदेखि सीप तथा रोजगार मेला, सभामुख अर्यालले उद्घाटन गर्दै
दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा कार्यालय समयमा साट्न सकिने
रसुवा बाढीबाट आमाबुवा गुमाएका अधिकांश बालबालिका आफन्त र नातेदारको संरक्षणमा
दसैँका लागि २३ असोजदेखि टिकट बुकिङ खुला





