मन्त्री यादवले भने–हल्ला कम काम बढी हुनु प-यो

राजविराज । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले राजविराज नगर क्षेत्रका बिटौरी जग्गा बाहकहरुलाई दशै अगावै लालपुर्जा वितरणका लागी आवश्यक प्रक्रिया सूरु गर्न निर्देशन दिएका छन ।

सोमवार जिल्ला प्रशासन कार्यालय सप्तरीमा सरोकारवाला कार्यालयका प्रमुख र प्रतिनीधीहरुको बैठक राखी मन्त्री यादवले यस्तो निर्देशन दिएका हुन ।

“८५ वर्ष देखी लालपुर्जा विहिन नगरवासीलाई लालपुर्जा दिने मनसायले जग्गा दर्तासम्बन्धी गठन आदेश २०८३ मन्त्री परिषदको बैठकबाट समेत स्वीकृत भइसकेको छ, मन्त्री यादवले भने–कुनै ढिलाई नगरी उक्त निर्णय छिटो छरितो ढंगले कार्यान्वयनमा ल्याउनु पर्छ ।”

दशै विदा अगावै शुक्रवारसम्ममा लालपुर्जा वितरणका लागी सूचना लगायत आवश्यक प्रक्रिया सूरु गर्न निर्देशन दिदै उनले कुनै बाधा अडचन वा कन्फ्युजन भए आफुहरुले त्यसको फुकाउ गर्ने प्रतिबद्धता जनाए ।

मन्त्री यादवको गृह जिल्ला समेत रहेको सप्तरीका विभिन्न जीर्ण सडकखण्डको मर्मत सम्भार तथा स्तरोन्नती कार्य पनि सुृरु गर्न सरोकारवाला कार्यालयका प्रमुखहरुलाई उनले निर्देशन दिए ।

चाडपर्वका समयमा पनि राजविराज देखी छिन्नमस्ता भगवती मन्दिर सम्म पुग्ने सडकका साथै राजविराज–हनुमाननगर, राजविराज–रुपनी, राजविराज–कंचनपुर लगायत १२ स्थानका बाटोघाटो जीर्ण अवस्थामा रहदा सर्व साधारणलाई निकै सास्ती भोगिरहनु परेको गुनासो आएको भन्दै मन्त्री यादवले यथासिघ्र उक्त सडकखण्डहरुको मर्मत सम्भार र स्तरोन्ती कार्य गर्न निर्देशन दिए ।

सडक विभाग तथा पूर्वाधार विकास कार्यालयका प्रमुखहरुलाई संकेत गर्दै मन्त्री यादवले भने–अब हल्ला कम र काम बढी देखिनु प¥यो ।”

उनले चाड पर्व सकिनु अगावै युद्धस्तरमा काम गरेर जिल्लाका अतिजीर्ण अवस्थामा रहेको सडकहरुको सुधार हुनु पर्ने र केही दिन पछि आफु फर्केर आउदा त्यसको अनुगमन गर्ने भन्दै सबैलाई सचेत समेत गराए ।

उक्त बैठकमा प्रमुख जिल्ला अधिकारी श्याक कृष्ण थापा, प्रहरी उपरिक्षक रुपक खडगा, राजविराज नगरपालिकाका कार्यवाहक मेयर इसरत परवीन, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण मण्डल, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टी राजविराज नगर समितीका सभापती खेलानन्द दासका साथै भुमि प्रशासन, नापी, राजविराज नगरपालिका, सडक विभाग, पूर्वाधार विकास लगायत कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 20 times, 1 visits today)

epaper

ताजा समाचार

बैकको केवाइसी अपडेटको बहानामा करिब ५० लाख ठगी गर्ने गिरोह पक्राउ