धनगढी । सुदूरपश्चिमका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलको पहिचान र प्रवर्द्धन गर्ने उद्देश्यले धनगढी उपमहानगरपालिकाले ‘हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत पहिलो भागको वृत्तचित्र र बुकलेट सार्वजनिक गरेको छ ।
धनगढीमा आयोजित कार्यक्रममा प्रदेशका धार्मिक तथा पर्यटकीय गन्तव्यको विशेषता, ऐतिहासिक महत्त्व र प्राकृतिक सौन्दर्य समेटिएको वृत्तचित्र र बुकलेट सार्वजनिक गरिएको हो ।

वृत्तचित्रमा प्रदेशका प्रमुख धार्मिक स्थल, ऐतिहासिक सम्पदा तथा प्राकृतिक आकर्षणलाई दृश्य सामग्रीमार्फत प्रस्तुत गरिएको छ । यसले सुदूरपश्चिमका विभिन्न स्थानको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्व आम नागरिकमाझ पुर्याउने लक्ष्य राखेको छ ।
सोही अभियानअन्तर्गत २१ बुकलेट विमोचन गरिएको छ। धनगढीको जेन्जी मार्गमा एलइडी बोर्ड उद्घाटन कार्यक्रमसँगै विशिष्ट अतिथिले बुकलेट विमोचन गरेका हुन् ।
विमोचित बुकलेटमा रामारोशन क्षेत्र, सालमुनी, पादुका त्रिवेणी धाम, बैद्यनाथ धाम, भागेश्वर मन्दिर, पञ्चदेवल विनायक, जगन्नाथ मन्दिर, पाताल भुवनेश्वर, भुइँया, अमरगढी किल्ला, शैलशिखर मालिकार्जुन मन्दिर, उदयदेव मन्दिर, अजमेरकोट, त्रिपुरा सुन्दरी, उग्रतारा मन्दिर, बेहडाबाबा धाम, घटालबाबा, पद्म प्रकाशेश्वर महादेव, शिवपुरी धाम, गुम्बा र देवथान समेटिएका छन् ।
यसअघि अपि हिमाल र शैलेश्वरीका बुकलेट विमोचन भइसकेकाले उपमहानगरपालिकाले हालसम्म २३ बुकलेट प्रकाशन गरिसकेको जनाएको छ ।
प्रचारप्रसार अभावमा ओझेलमा परेका गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने, आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने र प्रदेशको पर्यटन सम्भावना उजागर गर्ने अभियानको लक्ष्य रहेको छ ।
सम्बन्धित समाचार
सेती अस्पतालको ३०० मिटरभित्रका निजी स्वास्थ्य संस्थामाथि कडाइ
भत्कियो महाकालीको झोलुङ्गे पुल
शनिवारीय महिला उद्यम बजार असोज २४ गतेदेखि पुनः सञ्चालन हुने
भारतको धौलीगंगा बाँध खोलिँदै, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
८ वर्षदेखि अलपत्र शिवगंगा पुल, उपमहानगरलाई बर्सेनि अस्थायी संरचना बनाउनुपर्ने बाध्यता
दुई सामुदायिक विद्यालयलाई ८८ सेट डेस्क–बेन्च वितरण
गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर
धनगढीको जेन्जी मार्गमा डिजिटल बोर्ड सञ्चालन, दैनिक ३ घण्टा प्रसारण हुने





