४ दिनदेखि किशोरी बेपता

राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ की १७ वर्षिया रजनीकुमारी साह घरबाट निस्केको ४ औं दिनसम्म पनि फर्केकी छैन । सम्पर्कविहिन भएको आइतवार चोथौ दिन पुगिसक्दा पनि उनको अवस्था अज्ञात छ ।

उनी बिहीवार बिहान ९ बजेदेखि बेपत्ता छिन् । छोरी बेपता भएको खबर पाएपछि रोजगारीको सिलसिलामा भारतको लुधियानामा रहेका बुवा वीरेन्द्र आइतवार बिहानै घर फर्केका छन् । ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका बुवा विरेन्द्रले छोरीको अवस्था पत्ता लगाउने कार्यमा पहल गरिदिन सबैसँग आग्रह गरेका छन् ।

स्थानीय सरकारी विद्यालयमा कक्षा ९ मा अध्ययनरत रजनी बिहीवार बिहान ८ बजेतिर विद्यालय जान्छु भनी घरबाट निस्केकी थिइन । त्यही दिनदेखि उनी वेपत्ता भएको आमा पुनमदेवीले सनाइन् । छोरी रजनीका सहपाठी, छरछिमेक तथा चिनजानका सबैमा जानकारी गराई खोजतलास गर्दा पनि फेला पार्न नसकेको उनको भनाइ छ ।

छोरीले बोक्ने मोवाइलमा फोन गर्दा स्वीच अफ भन्ने गरेको उनले सुनाइन । वडाअध्यक्ष ललन राउतले रजनीको खोजीका लागि आफूहरुले पनि पहल थालेको तर अहिलेसम्म कुनै पत्तो नलागेको सुनाए । रजनीका परिवार, आफन्त, साथीभाइ तथा आफूहरुले समेत रजनीको फोटो बोकेर सम्भावित स्थानहरुमा खोजी गरिरहेको समाजसेवी सुरजित सिंह गुडुले बताए । रजनीका परिवारले प्रहरीमा समेत उजुरी दिदै खोज तलासका लागि आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 48 times, 1 visits today)

epaper

ताजा समाचार

चेसका आईएम र जीएम हामी कहिले बनाउँछौं ?