सङ्खुवासभा गोल्डकप फुटबल प्रतियोगिताः काठमाडौँ र सुनसरीको विजयी सुरुवात

सङ्खुवासभा । सङखुवासभाको खाँदबारी नगरपालिका –३ मानेभञ्याङमा सङ्खुवासभा गोल्डकप फुलटबल प्रतियोगिता सुरु भएको छ । एडभान्स क्लव मानेभञ्याङको आयोजनामा संखुवासभा गोल्डकप फुलटबल प्रतियोगिता महेन्द्र माध्यमिक विद्यालय मानेभञ्याङको खेल मैदानमा सोमबार देखि सुरु भएको छ । सङ्खुवासभा गोल्डकप प्रतियोगिताका उद्घाटन खाँदबारी नगरपालिका नगरप्रमुख महेश थपलियाले गरेका हुन् ।

सङ्खुवासभा गोल्डकप प्रतियोगिताको पहिलो दिन भएको खेलमा प्लानिङ ब्वाइज युनाइटेड काठमाडौँ र न्यू स्टार क्लव सुनसरीको विजयी सुरुवात गरेका छन् । उद्घाटन खेलमा आयोजक एड्भान्स क्लब मानेभञ्ज्याङलाई न्यू स्टार क्लब सुनसरीले ट्राइब्रेकरमा पराजित गरेको छ । निर्धारित समयमा दुवै टोलीबाट गोलरहित बराबरी भएपछि खेलको निर्णय ट्राइब्रेकरबाट लिइएको थियो । ट्राइब्रेकरमा न्यू स्टारले ५–३ गोल अन्तरले जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

सोमबार भएको उद्घाटन खेलमा आयोजक एड्भान्स क्लव मानेभञ्याङ बाहिरिएको छ । त्यस्तैगरी आज भएको दोस्रो खेलमा प्लानिङ ब्वाइज युनाइटेड काठमाडौँ विजयी भएको छ । प्लानिङ ब्वाइज युनाइटेड काठमाडौँले खाँदबारी युथ क्लव सङ्खुवासभालाई शुन्यका विरुद्ध १ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

पहिलो हाफमा गोल रहिन बराबरमा खेलको खाँदबारी युथ क्लवलाई दास्रो हाफको ४ मिनेटका प्लानिङ ब्वाइज क्लव काठमाडौँका जर्सी नम्बर ११ का फागुराम थारुले एक गोल गर्दै खेललाई विजयी बनाएका छन् ।

प्रतिायोगिताको दोस्रो दिन भोलि (मंगलबार) पहिलो खेल सलहेश युवा क्लब सिराहा र लोहोरुङ क्लव सङ्खुवासभा विच भिड्ने छन् । प्रतियोगितामा आयोजक एडभान्स क्लब, सुनसरीको न्यु स्टार क्लब, सलहेश युवा क्लब सिराहा, लोहोरुङ क्लब, प्लानिङ ब्वाइज युनाइटेड काठमाडौं, खाँदबारी युथ क्लब, झापा– ११ फुटबल क्लब र सेकाहा क्लब सहभागी रहेका छन् ।

प्रतियोगिताका विजेताले पाँच लाख रुपैयाँ र उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ तथा उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर, स्ट्राइकर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही सात हजार रुपैयाँ प्रदान गरिनेछ । प्रत्येक खेलका म्यान अफ दी म्याचलाई पाँच हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

कात्तिक २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको प्रतियोगिता संयोजक जिल्लामान राईले बताए । प्रतियोगिताको समापन समारोहमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सहभागी हुने कार्यक्रम रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 24 times, 1 visits today)

epaper

ताजा समाचार

चितवनलाई ५ विकेटले हराउँदै सुदूरपश्चिमको दोस्रो जित