सङ्खुवासभा । सङ्खुवासभा गोल्डकप फुलटबल प्रतियोगितामा सङ्खुवासभाको लोहोरुङ क्लव पाङ्मा र सेकाहा सेमिफाइनल प्रवेश गरेका छन् । सङ्खुवासभा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक जिल्लाकै दुई टोली लोहरुङ क्लब र सेकाहा सामुदायिक क्लब सेमिफाइनलमा प्रवेश गरेका हुन् ।
मंगलबार सम्पन्न प्रतिस्पर्धात्मक खेलमा लोहरुङले सिरहाको सलहेश युवा क्लबलाई सडन डेथमा पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्दा सेकाहाले झापा–११ लाई सहजै हराएको छ ।
खाँदबारी –३ मानेभञ्याङस्थित महेन्द्र माविको खेल मैदानमा भएको पहिलो खेलमा लोहरुङ क्लबले सिरहाको सलहेश युवा क्लबले निर्धारित समयको खेल २ –२ गोलको बराबरीमा सकिएपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । लोहरुङ क्लबले सिरहाको सलहेश युवा क्लबलाई पेनाल्टी सुटआउटको सडन डेथमा ६–५ गोलले पराजित गरेको हो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा सलहेश युवा क्लबले सुरुवाती अग्रता बनाएको थियो । ट्राइब्रेकरमा समेत दुबै टोलीले ४ –४ गोल गरेपछि खेलको निर्णय सडन डेथबाट लिइएको थियो । सडन डेथमा लोहोरुङले बारी मार्दै सेमिफाइनलको यात्रा तय गरेको हो । मंगलबार नै सम्पन्न अर्को खेलमा सङ्खुवासभाकै सेकाहा सामुदायिक क्लबले झापा–११ लाई २–० गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ ।
सेकाहाका लागि मिलन लिम्बूले खेलको ५५ औँ र ६३ औँ मिनेटमा लगातार दुई गोल गर्दै टोलीको जित सुनिश्चित गरे । दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको सेकाहाले झापा–११ लाई गोल गर्ने अवसर नदिई महत्त्वपूर्ण जित निकालेको हो ।
सम्बन्धित समाचार
पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपीएल खेल्ने
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क
क्रिकेटको जोश, संगीतको ऊर्जा: एक्स्ट्रीम एन्थम सार्वजनिक !
लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हरायो
कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित
जनकपुर सामु काठमाडौं गोर्खाज निरीह
झापा महिला गोल्डकप मंसिर ५ देखि
चितवनलाई ५ विकेटले हराउँदै सुदूरपश्चिमको दोस्रो जित






