नवनियुक्त आइजिपी केसीलाई आजै पदबहाली गर्न अनुरोध

काठमाडौँ। मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको आइजीपीमा डा. मनोजकुमार केसीलाई नियुक्त गर्ने निर्णय गरेलगत्तै केसीलाई गृह मन्त्रालयमा बोलाइएको छ । मन्त्रालयस्रोतले जनाएअनुसार उनलाई दिने नियुक्तिपत्र तयार भइसकेको छ ।

आजै दर्ज्यानी चिह्न (फुली) लगाएर पद बहाली गर्न मन्त्रालयले अनुरोध गरिरहेको स्रोतले जानकारी दिएको छ । तर धार्मिक विधि पूरा गर्नुपर्ने कारण बिहीबारमात्रै पद बहाली गर्ने चाहना उनले व्यक्त गरेका छन् ।

यो समाचार लेख्दा नवनियुक्त आईजी डा. केसी गृहमन्त्री सुधन गुरुङ, सचिव केदारनाथ शर्मासहित छलफलकै क्रममा छन् ।

तपाइको प्रतिक्रिया
(Visited 169 times, 1 visits today)

epaper

ताजा समाचार

वैधानिकतावारे उठेको आरोपको स्वतन्त्र छानबिन गर्न कांग्रेसको माग