काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेट गर्दै छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो १२ बजे हुने भेटमा उनीहरुबीच द्विपक्षीय हितका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपालको दुई दिने औपचारिक भ्रमणमा रहेका उनी बुधबार यहाँ आइपुगेका हुन् । विदेश सचिव मिश्रीले बुधबार नै परराष्ट्र सचिव अमृतबहादुर राइसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक गरेका थिए ।
भ्रमणका क्रममा विदेश सचिव मिश्रीले बुधबार नै अर्थमन्त्री डा स्वर्णीम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ र पूर्वाधारमन्त्री सुनिल लम्सालसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए ।
विदेश सचिव मिश्री भ्रमण सम्पन्न गरी आजै काठमाडौंंबाट नयाँदिल्ली प्रस्थान गर्नेछन् ।
सम्बन्धित समाचार
तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा
दसैँमा यात्रुको सहारा बन्यो प्रहरीको निःशुल्क बस सेवा
श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या
राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजा अर्चना
झापावासीलाई हात्तीबाट जोगाउन सशस्त्र प्रहरीको जनचेतना अभियान, उच्च सतर्कता अपनाउन आग्रह
रक्सीका कारण गयो ज्यान, ५ साथी पक्राउ
नागरिकता प्रमाणपत्रको प्रतिलिपि अब अन्य जिल्लाबाट पनि लिन पाइने
वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध






