ट्रक र मोटरसाइकल ठोक्किँदा यादवद्वयको मृत्यु

सिरहा । सिरहा नगरपालिका–११ भलुवाहीस्थित चोहर्वा–सिरहा सडकमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–२२ का अम्रेशकुमार यादव र गोलबजारका श्रीदेव यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रमेशबहादुर पालले बताए ।

चोहर्वाबाट सिरहातर्फ गइरहेको विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरको ना १ घ ५५३ नम्बरको ट्रक र सिरहाबाट चोहर्वातर्फ आइरहेको स ९ प ७६५० नम्बरको मोटरसाइकल ठोक्किदा उनीहरुको मृत्यु भएको होे ।

ट्रक चालक फरार रहेकाले खोजतलास भइरहेको तथा दुर्घटनामा परेका दुबै सवारी साधनलाई नियन्त्रणमा लिएको पनि उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 14 times, 1 visits today)

epaper

ताजा समाचार

लुम्बिनीको अपराजित यात्रा कायमै, जनकपुर १६ रनले पराजित