काठमाडौंले लुम्बिनीलाई दियो १६१ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको खेलमा काठमाडौं गोर्खाजले लुम्बिनी लायन्सलाई १६१ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १६० रन बनायो ।

काठमाडौंका लागि डेविड वार्नरले सर्वाधिक ६६ रन बनाए । उनले ५० बलमा नौ चौका र एक छक्का प्रहार गरे । साहिल पटेलले ३८ तथा सहान अराच्चिगेले अविजित ३४ रन बनाए ।

बलिङतर्फ लुम्बिनीका शेर मल्ल, रुबेन ट्रम्पलम्यान र अभिषेष गौतमले समान दुई–दुई विकेट लिए । अब लुम्बिनीले जितका लागि १६१ रन बनाउनुपर्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 8 times, 1 visits today)

epaper

ताजा समाचार

जनताको प्रश्न दबाएर सत्य लुकाउन सकिँदैन : कांग्रेस मधेस प्रदेश उपसभापति सिंह