नेपालले जित्यो बेल्ट एन्ड रोड सिरिजको उपाधि

काठमाडौँ । नेपाली यू–१९ महिला क्रिकेट टोलीले चीनमा सम्पन्न बेल्ट एन्ड रोड सिरिजको उपाधि जितेको छ । हङकङसँगको आजको अन्तिम खेल वर्षाका कारण पूरा हुन नसकेपछि नेपालले अपराजित रहँदै प्रतियोगिताको उपाधि उचालेको हो ।

छ टोलीको सहभागिता रहेको प्रतियोगितामा नेपालले खेलेका ६ मध्ये चार खेलमा जित हासिल ग¥यो । बाँकी दुई खेल वर्षाका कारण रद्द भएका थिए । नेपालले सिरिजको पहिलो खेलमै थाइल्याण्डलाई सात विकेटले हराउँदै सुखद सुरुआत गरेको थियो । त्यसपछि चीनसँगको दोस्रो खेल वर्षाले प्रभावित भएपछि नतिजाविहीन बनेको थियो ।

तेस्रो खेलमा हङकङलाई ९२ रनको फराकिलो अन्तरले पराजित गरेको नेपालले चौथो खेलमा पुनः थाइल्याण्डमाथि ५२ रनको जित निकालेको थियो । पाँचौँ खेलमा आयोजक चीनलाई ८४ रनले हराउँदै उपाधि यात्रालाई थप बलियो बनाएको नेपालले अन्तिम खेलमा हङकङसँग प्रतिस्पर्धा गरेको थियो ।

उक्त खेलमा पहिले ब्याटिङ गरेको नेपालले वर्षाले खेल रोकिनुअघि ११ ओभरमा दुई विकेटको क्षतिमा ८८ रन बनाएको थियो । त्यसपछि मौसम प्रतिकूल बनेपछि खेल पुनः सञ्चालन हुन सकेन ।

तपाइको प्रतिक्रिया
(Visited 7 times, 1 visits today)

epaper

ताजा समाचार

सरकार नागरिक स्वतन्त्रता नियन्त्रण गर्ने दिशामा अघि बढ्यो: प्रदीप पौडेल