खुल्यो माध्यमिक तहको अध्यापन अनुमतिपत्रका लागि आवेदन

काठमाडौं । माध्यमिक तहको अध्यापन अनुमतिपत्र परीक्षाका लागि आवेदन खुलेको छ ।

शिक्षक सेवा आयोगले आज मंगलबार एक सूचना प्रकाशित गर्दै आवेदन खुलाएको हो । सूचनामा इच्छुक उम्मेदवारले आवेदन खुलेको मितिदेखि एक महिनाभित्र आवेदन दिन सक्ने उल्लेख छ ।

सूचनामा न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारले मंसिर ७ गतेदेखि अनलाइन दरखास्त भर्न सक्ने भनिएको छ ।

उम्मेदवारले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत पुस ७ गते राति १२ बजेसम्म एकल दस्तुरमा आवेदन दिन सक्नेछन् । सो अवधिमा आवेदन दिन नसक्नेले दोब्बर दस्तुर तिरेर पुस १४ गते राति १२ बजेसम्म दरखास्त पेस गर्न सक्ने आयोगले जनाएको छ ।

आवेदन दिँदा उम्मेदवारले नागरिकताको हालसालै खिचेको फोटो, दस्तखतको नमुना, न्यूनतम योग्यताको लब्धाङ्कपत्र र तालिमको प्रमाणपत्रलगायत आवश्यक विवरण तथा कागजात अनलाइन फाराममा अपलोड गर्नुपर्नेछ । परीक्षासम्बन्धी विस्तृत विवरण आयोगको वेबसाइटमा रहेको सूचनामा उल्लेख छ ।

तपाइको प्रतिक्रिया
(Visited 13 times, 1 visits today)

epaper

ताजा समाचार

एनपीएल : फाइनल प्रवेशका लागि लुम्बिनी र सुदूरपश्चिम खेल्दै