बडिकेदार मेलाका लागि धनगढीबाट पाँचवटा निःशुल्क बस, मंसिर ४ सम्म नाम दर्ता गर्न सकिने

धनगढी । डोटीको प्रसिद्ध धार्मिक तथा सांस्कृतिक बडिकेदार मेलामा सहभागी हुन चाहने धनगढीवासीका लागि धनगढी उपमहानगरपालिकाले निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

उपमहानगरपालिकाले मेलामा सहभागी हुन जाने नगरवासीको सहजताका लागि पाँचवटा बसको व्यवस्था गरेको हो । बसहरू मंसिर ६ गते बिहान ११ बजे धनगढीबाट बडिकेदारका लागि प्रस्थान गर्नेछन् । मेलामा सहभागी भएर मंसिर ७ गते बसहरू धनगढी फर्किने कार्यक्रम रहेको छ ।

मेलामा जान इच्छुक नगरवासीले मंसिर ४ गते अपराह्न ४ बजेसम्म आफ्नो नाम दर्ता गराउन सक्नेछन् । बसमा सिट संख्या सीमित भएकाले पहिले नाम दर्ता गराउनेलाई प्राथमिकता दिइने उपमहानगरपालिकाले जनाएको छ ।

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले नगरवासीलाई बडिकेदार मेलामा सहभागी हुन आग्रह गरेका छन् । धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको मेलामा नगरवासीको सहज सहभागिता सुनिश्चित गर्न निःशुल्क यातायातको व्यवस्था गरिएको उनले बताएका छन् ।

उपमहानगरपालिकाको यो व्यवस्थाले बडिकेदार मेलामा सहभागी हुन चाहने नगरवासीलाई यातायात खर्च र आवतजावतको झन्झटबाट राहत पुग्ने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 12 times, 1 visits today)

epaper

ताजा समाचार

नापजाँच सम्पन्न भएको १० वर्षपछि महोत्तरीका १९६ स्ववासी परिवारले पाए लालपुर्जा