जटिल प्रसूति समस्यामा परेकी २० वर्षीया महिलाको हवाई उद्धार

काठमाडौं । जटिल प्रसूति समस्याका कारण ज्यान जोखिममा परेकी अछामकी २० वर्षीया महिलाको नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल पु¥याइएको छ ।

अछामको मंगलसेन नगरपालिका–४ निवासी ती महिलामा जटिल प्रसूति समस्या देखिएपछि मंगलबार तत्काल हवाई उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल लगिएको हो ।

महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालन गर्दै आएको हवाई उद्धार कार्यक्रममार्फत सो उद्धार गरिएको हो ।

दुर्गम तथा भौगोलिक विकटताका कारण सहज स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका गर्भवती तथा सुत्केरी महिलालाई समयमै सुविधासम्पन्न स्वास्थ्य संस्थासम्म पु¥याई आमा र शिशुको जीवन रक्षा गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको जनाइएको छ ।

प्रसूति जटिलताका कारण जोखिममा परेका महिलालाई तत्काल उद्धार गरी उपचारको पहुँचमा पु¥याउने यस कार्यक्रमले दुर्गम क्षेत्रका महिलाका लागि जीवनरक्षाको आधार प्रदान गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 15 times, 1 visits today)

epaper

ताजा समाचार

पूर्वाधार विकास मन्त्रालयका सात जना इन्जिनियर बर्खास्त