दैलेखमा बन्चरो प्रहारबाट श्रीमती र दुई छोराछोरीको मृत्यु, एक छोरा गम्भीर घाइते

दैलेख । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३, पानीखोलामा एक व्यक्तिले बन्चरो प्रहार गरी श्रीमती र दुई छोराछोरीको हत्या गरेका छन् भने अर्का एक छोरा गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी पुष्पराज रोकायका अनुसार घरायसी विवादका क्रममा ३८ वर्षीय अम्बर सलामी मगरले आज बिहान १०ः३५ बजे दाउरा काट्ने बन्चरोले श्रीमती र तीन छोराछोरीको टाउकोमा प्रहार गरेका थिए ।

बन्चरो प्रहारबाट गम्भीर घाइते भएका ३५ वर्षीया श्रीमती मनिसा सलामी मगर, १२ वर्षीय छोरा तपेन्द्र, छ वर्षीय छोरा मिलन र तीन वर्षीया छोरी करिस्मालाई उपचारका लागि एम्बुलेन्समार्फत दुल्लुस्थित नगर अस्पताल लगिएको थियो ।

अस्पतालमा चिकित्सकले परीक्षण गर्दा तपेन्द्र र करिस्मालाई बिहान ११ः१० बजे मृत घोषणा गरेका थिए । मनिसालाई थप उपचारका लागि सुर्खेतस्थित प्रदेश अस्पताल कालागाउँ पठाइएकामा दिउँसो २ः३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए । गम्भीर घाइते मिलनको उपचार भइरहेको छ ।

घटनास्थल प्रहरी चौकी हाँडाकोटबाट करिब तीन किलोमिटर टाढा पर्छ । घटना’bout जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय दुल्लुबाट प्रहरी निरीक्षक सरोज कँडेलको नेतृत्वमा पाँच सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो ।

घटनामा संलग्न अम्बरलाई प्रहरीले नियन्त्रणमा लिएको र घटना’bout थप अनुसन्धान भइरहेको सूचना अधिकारी रोकायले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 57 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्रिय हितलाई प्राथमिकता दिन काँग्रेसको आग्रह