एनपीएल: सुदूरपश्चिमले पायो १५६ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १५६ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको हो ।

लुम्बिनीका लागि दिलीप नाथले सर्वाधिक ३९ रन बनाए । उनले ३१ बलमा तीन छक्का प्रहार गरे । कप्तान रोहित पौडेलले ३१ बलमा ३० रन बनाए । निरोशन डिक्वेलाले १७ बलमा २८ रन जोड्दा डार्सी शर्टले १८ बलमा २१ रन बनाए । अली शेखले १२ बलमा २४ रन बनाए ।

सुदूरपश्चिमका स्कट कुगेलेइनले दुई विकेट लिए । हेमन्त धामी, थारिन्दु रत्नायके र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए । अब सुदूरपश्चिम रोयल्सले उपाधि जित्न १५६ रन बनाउनुपर्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

एनपीएल: सुदूरपश्चिमले पायो १५६ रनको लक्ष्य