प्रधानमन्त्री साहको स्वागतका लागि दिल्ली सजाइयो, ठाउँठाउँमा फहराइए नेपाल-भारतका झण्डा

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणलाई लक्षित गर्दै भारतीय राजधानी नयाँदिल्लीमा भव्य स्वागतको तयारी गरिएको छ ।

प्रधानमन्त्री साहको राजकीय भ्रमणको पूर्वसन्ध्यामा दिल्लीका विभिन्न स्थानमा नेपाल र भारतका राष्ट्रिय झण्डा राखेर स्वागतको वातावरण तयार पारिएको हो । प्रधानमन्त्री साह आइतवार दुईदिने राजकीय भ्रमणका लागि भारत जान लागेका छन् । उनको स्वागतका लागि दिल्लीका सडक तथा विभिन्न स्थानमा दुवै देशका झण्डा पोलमा राखिएका छन् ।

नेपाल र भारतका झण्डाले सजिएका सडकले प्रधानमन्त्री साहको भ्रमणलाई विशेष महत्वका साथ हेरिएको संकेत गरेको छ । दुईदिने भ्रमणका क्रममा प्रधानमन्त्री साहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति द्रौपदी मुर्मूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उच्चस्तरीय भेटघाट तथा द्विपक्षीय छलफलपछि उनी सोमवार स्वदेश फर्किने कार्यक्रम छ ।

प्रधानमन्त्री साहको यो भ्रमणलाई नेपाल-भारत सम्बन्धका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ । राजकीय भ्रमणका क्रममा हुने भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्ध, सहकार्य र आगामी समझदारीका विषयमा छलफल गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 46 times, 1 visits today)

epaper

ताजा समाचार

जेनजीले नै बचाएँ : शेरबहादुर देउवा